class 10 nepali guide | पाठ १५ | गाउँमाथि एउटा कविता
पाठ १५
गाउँमाथि एउटा कविता
शब्दभण्डार
१. दिइएका शब्द र तिनका अर्थबिच जोडा मिलाउनुहोस् :
शब्द
अर्थ
चपरी
दुबो, झार आदिसमेतको माटाको चोइलो
दुवाली
माछा मार्न वा जाल थाप्न बनाइएको खोलाको साँघुरो मुहानमा गाडिने छेका वा बार
भाकल
आफ्नो इच्छा सिद्ध होस् भनेर गरिने पूजा
घोषणापत्र
उद्देश्यप्रति सत्यता वा वचनबद्धता घोषित गर्ने पत्र विशेष
दन्त्यकथा
लोकले युगौँदेखि संरक्षित गर्दै आएका कथा
२. दिइएको अनुच्छेदबाट युग्म शब्द पहिचान गरी लेख्नुहोस्:
हामीलाई आकस्मिक आपत्विपत् पर्दा छिटोछरितो गरी छरछिमेकीको सरसहयोग लिन हारगुहारसमेत गर्नुपर्छ। गाउँठाउँ र सहरबजारमा जहाँ रहे पनि सानोतिनो कुरामा एकआपसमा झैझगडा गरेर एकअर्कालाई दोष लगाउने काम गर्नुहुँदैन। चाडवाड र मेलापर्व जस्ता मौकामा साथीभाइसँग भेटघाट गर्नु अनि मेलमिलाप गरे रमाइलो गर्नुपर्छ।→ आपत् – विपत्छिटो – छरितो
छर – छिमेकी
सर – सहयोग
हार – गुहार
गाउँ – ठाउँ
सहर – बजार
सानो – तिनो
चाड – बाड
साथी – भाइ
भेट – घाट
मेल – मिलाप३. दिइएका युग्म शब्द प्रयोग गरी एउटा अनुच्छेद लेख्नुहोस्:
छिटोछरितो, हाँसखेल, गाह्रोसाहो, पानीपधेरो, नुहाइधुवाइ, सफासुग्घर, साथीसङ्गी, कुराकानी, हित्तचित्त, सोचविचार→ सजना छिटोछरितो काम गर्छिन्। उनी हाँसखेल पनि गर्न रूचाउँछिन्। उनी गाह्रोसाह्रो पर्दा अरूलाई सहयोग गर्छिन्। उनी आज सबेरै पानीपँधेरोमा गइन्। उनले त्यहाँ नुहाइधुवाइ गरिन्। उनी सफासुग्घर रहन मन पराउँछिन्। उनका साथीसङ्गी पनि त्यहाँ पानी भर्न आइपुगे। उनीहरू आपसमा कुराकानी गर्न थाले।हित्तचित्त मिलेका साथी भएर होला, मनको कुरा पनि खोल्न थाले। आज शनिबार भएकाले दिउँसो के गर्ने भनेर सोचविचार गर्दै सजना घर फर्किइन्।४. दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस्:
कनिका, मेलापात, कोदालो, अगेनो, भकारी, अनौ, जाँतो, गोठ →
शब्द
वाक्य
कनिका
सानो भाइले चामलको कनिका टिपेर परेवालाई खुवायो।
मेलापात
दुर्गम क्षेत्रका अधिकाँस ग्रामीण महिला अहिले पनि चुलाचौका र मेलापातमा नै सिमित छन्।
कोदालो
माल्दाइले माटो खन्न कोदालो चलाउनुभयो।
अगेनो
जाडोको समयमा अगेनोको वरिपरी बसेर आगो ताप्दै ठूलाबडाको गफ सुन्न रमाइलो हुन्छ।
भकारी
घरमा चामल सकिएपछि बुवाले भकारीबाट धान निकालेर त्यसलाई चामल बनाउन मिलमा पुर्याउनुभयो।
अनौ
गोरू नारेर हलोको अनौ पकडेपछि माल्दाइले हातमा ठेला नउठुञ्जेल खेत जोत्छन्।
जाँतो
सिमिको दाल बनाउन आमाले बिहानै जाँतोमा सिमि पिस्नुभयो।
गोठ
गाईवस्तु बस्ने गोठ घरबाट केही दुरीमा बनाए घरमा झिँगा कम आउँछन्।
बोध र अभिव्यक्ति
१. दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस् :
आड, अङ्गुर, पिठिउँ, गुनासो, अर्जाप्नु, उब्जाउ, अन्दाज
शब्द
उच्चारण
आड
आड्
अङ्गुर
अङ्गुर्
पिठिउँ
पिठ्युँ
गुनासो
गुनासो
अर्जाप्नु
अर्जाप्नु
उब्जाउ
उब्जाउ
अन्दाज
अन्दाज्
२. “गाउँमाथि एउटा कविता” कवितालाई गति, यति मिलाई लयवाचन गर्नुहोस् ।
३. दिइएका प्रश्नको उत्तर भन्नुहोस्।
(क) 'गाउँमाथि एउटा कविता' कविताबाट तीन जोडी अन्त्यानुप्रास मिलेका शब्द पहिचान गरी भन्नुहोस् ।→ दलबिरेको – हिरेको,
यता – उताबसाउनुपर्छ – नचाउनुपर्छ(ख) कविताको सबैभन्दा छोटो पङ्क्ति कति शब्दले बनेको छ, भन्नुहोस्।→ कविताको सबैभन्दा छोटो पङ्क्ति एक शब्दले बनेको छ।(ग) कवितामा 'सगरमाथालाई काँधमा बोकेर उभिएको' भन्ने सन्दर्भ अगि र पछि कुन कुन प्रसङ्ग आएका छन?→ कवितामा ‘सगरमाथालाई काँधमा बोकेर उभिएको‘ भन्ने सन्दर्भ अगि र पछि क्रमश: अन्तरिक्षयानको गतिविधि र नागरिकताको प्रमाणपत्र बाँड्ने प्रसङ्ग आएका छन्।(घ) ‘दन्त्यकथा.... यिनीहरूलाई’ यो कथनभन्दा अगिको सन्दर्भ के हो?→ ‘दन्त्यकथा.... यिनीहरूलाई‘ भन्ने कथनभन्दा अगिको सन्दर्भ ‘चुनावका घोषणापत्रहरू....‘ सम्बन्धी सन्दर्भ हो।४. ‘गाउँमाथि एउटा कविता’ कविताका हरफलाई व्याकरणिक पदक्रममा रूपान्तरण गर्नुहोस्:
(क) फेरि कुन देशको कल्पना गरेर छापिरहनुभएको छ तपाईं
→ तपाईँ फेरि कुन देशको कल्पना गरेर छापिरहनुभएको छ।
(ख) विज्ञानको पनि बेग्लै ढङ्ग छ गाउँमा
→ गाउँमा विज्ञानको पनि बेग्लै ढङ्ग छ।
(ग) न चुनावले रोक्छ यसलाई
→ यसलई न चुनावले रोक्छ।
(घ) एउटै इनार छ सम्पूर्ण गाउँमा
→ सम्पूर्ण गाउँमा एउटै इनार छ।
(ङ) निस्कन तयार छे जो कुनै पनि आमा
→ कुनै पनि आमा जो निस्कन तयार छे।
(च) सिँगान पुछ्ने कागजभन्दा बढी कामयाब हुन सक्तैन यो यिनीहरूलाई
→ यो यिनीहरूलाई सिँगान पुछ्ने कागजभन्दा बढी कामयाब हुन सक्तैन।
(छ) दन्त्यकथाकै सिलसिला जोड्नुभन्दा बढी केही अर्थ छैन यसको पनि यिनीहरूलाई
→ यसको पनि यिनीहरूलाई दन्त्यकथाकै सिलसिला जोड्नुभन्दा बढी केही अर्थ छैन।५. दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस्।
यो, मेरो देशको सुदूर पूर्वको गाउँ!
यो, मेरो देशको सुदूर पश्चिमको गाउँ।
छिमेकी अगेनाबाट आगो ओसारेर सुरू हुने यहाँको दिन
गोठमा, वस्तुभाउलाई घाँसपात हालेर केटाकेटी हुन्छ
खेतमा, गोरु नारेर तन्नेरी हुन्छ
र बेग्लाबेग्लै मान्छेका ओठहरू भएर
दिनभरि फलाकिरहन्छ
दिनभरि हतारिरहन्छ।प्रश्नहरू
(क) गाउँका मानिसले कस्तो पेसा व्यवसाय अपनाएका छन्?→ गाउँका मानिसले खेतीपातीको काम र वस्तुभाउ पाल्ने काम गरी कृषि पेसा व्यवसाय अपनाएका छन्।(ख) कवितांशमा केटाकेटी र तन्नेरीले के के काम गर्ने उल्लेख छ?→ कवितांशमा केटाकेटीले गोठमा वस्तुभाउलाई घाँसपात हाल्ने र तन्नेरीले खेतमा गोरू नार्ने काम गर्ने उल्लेख छ।
६. दिइएका प्रश्नको उत्तर लेख्नुहोस्।
(क) 'गाउँमाथि एउटा कविता' कविताले समेटेको मुख्य विषयवस्तु के हो?→ नेपाली साहित्यका प्रसिद्ध कवि तथा गीतकार दिनेश अधिकारी द्वारा रचित ‘गाउँमाथि एउटा कविता‘ समय, समाज र मानिसका अनेकौँ आयामहरूलाई अत्यन्तै सुक्ष्म चित्रण गरिएको समाजपरक कविता हो। यस कविताले ग्रामीण समाजको वस्तुगत अवस्थालाई यथार्थपरक ढङ्गले चित्रण गरेको छ। अभावमा बाँचेका ग्रामीण क्षेत्रका जनताले व्यतित गरेको दिनचर्या कविताले समेटेको मुख्य विषयवस्तु हो।(ख) यस कविताले नेपाली समाजमा कस्तो सन्देश प्रवाह गर्न खोजेको छ, चर्चा गर्नुहोस् ।→ यस कवितामा कविले नेपालको ग्रामीण क्षेत्रको यथार्थ चित्र उतार्दै त्यहाँका समस्या केलाएका छन्। नेपालका ग्रमीण समस्याहरूलाई कतै पनि उजागर नगर्ने अखबारका सम्पादकलाई समेत कविताले सचेत गराएको छ। गाउँलाई महत्त्व नदिने र गाउँको विकासलाई ध्यान नदिने राजनीतिक दलका चुनावी घषणापत्रहरू ग्रामीण जनताका लागि सिँगान पुछ्ने कागजभन्दा बढी कामयाब हुन नसक्ने कविले स्पष्ट पारेका छन्। यस कवितामार्फत कविले नेपाल र नेपाली भनी विश्वमा चिनाउने नेपालका ग्रामीण भेग भएकाले यस क्षेत्रको विकास नभएसम्म नेपालको विकास नहुने सन्देश प्रवाह गरेका छन्।(ग) कविताले सम्पादकलाई कसरी सचेत गराएको छ?→ समाचारपत्रले जनतालाई सही सूचना प्रदान गर्नुपर्छ। समाचार पत्र र मुलुकको अवस्थाबिच सन्तुलन हुनुपर्छ अनि मात्र सामाजिक रूपान्तरण सम्भव हुन्छ। जनताका लागि चुनावमा भोट खसाल्ने काम भन्दा चुलो बाल्ने समस्या महत्त्वपूर्ण हुन्छ। साहित्यिक आन्दोलनको इतिहाँस पढेर जनताको आङमा कपडा फेर्न सकिँदैन। अन्तरिक्षका गतिविधिबारे चासो राख्ने फुर्सद पनि सामान्य जनताका लागि कल्पना बाहिरको कुरा हो। यसरी कविताले सम्पादकलाई व्यवहारिक र जीवन उपयोगी समाचार सम्प्रेषण गर्न सचेत गराएको छ।(घ) कवितामा व्यक्त भएको मूलभाव लेख्नुहोस्।→ प्रस्तुत 'गाउँमाथि एउटा कविता' शीर्षकको कविताले ग्रामीण समाजको यथार्थ अवस्थालाई प्रस्तुत गरेको छ। गाउँमा धेरै परालले र थोरै ढुङ्गाले छाएका घरहरू छन्। घरको दुरावस्थाले गाउँको जनजीवन, दुःख, अभाव, गरीबीको झल्को दिएको छ। धामी, झाँक्री, छुवाछुत जस्ता कुप्रथाले गाउँलाई अहिले पनि गाँजेको छ। गाउँमा अहिले पनि कुखुराको भाले बास्दा समयको अनुमान लगाइन्छ। अगेनामा नुन पड्काएर परदेश गएकाहरूको कुशल मङ्गलको अन्दाज गरिन्छ। गाउँ कर्ममा विश्वास गर्छ। बालीको उब्जाउ हेरेर शरीरमा कपडा र पेटमा अन्नको दाना पर्ने नपर्ने ठेगान लगाइन्छ।गाउँका मानिसहरू छिमेकी अगेनाबाट आगो ओसारेर दिनको प्रारम्भ गर्छन्। वस्तुभाउलाई घाँसपात हालेर खेतमा गोरु नार्न पुग्छन्। गाउँमा कसैलाई पनि एकछिन फुर्सद छैन। कसैको विवाहमा जन्त जानु छ। कसैको खेतबारीमा पर्म तिर्न जानु छ। कोही बिरामी भए धामी बसाउनु छ। पर्व, जात्रा, उत्सव आए नाच्नु र नचाउनु छ। कसैको प्राण गए दाहसंस्कारका लागि लासलाई घाटमा पुऱ्याउनु छ। गाउँ एकछिन सुत्दैन। एकछिन आराम गर्न पाउँदैन तैपनि गाउँमा घाम उदाउन नसकेकामा कविले तिखो व्यङ्ग्य गरेका छन्। गाउँ वषौंदेखि अभावमा बाँचेको छ। गाउँभरि एउटा मात्र इनार हुँदा पनि गाउँलेहरू पानी पिउन नपाएको गुनासो गर्दैनन्। पिठिउँमा मजेत्रोले काखे नानीलाई बाँधेर भए पनि मेलापात गर्न छोड्दैनन्। गाउँका मानिसहरू घरायसी काम र कृषि कर्म गर्न पाउँदा खुसी हुन्छन्। उनीहरूलाई गाईभैँसीको भकारो सोहोर्ने शैली थाहा छ। हलोको हातो वा अनौ समात्ने, कोदालो धारिलो पार्ने तरिका थाहा छ। कहिले बाली लगाउने वा कहिले भित्र्याउने समय पनि थाहा छ। गाउँलेलाई नाङ्लाले भुस, कनिका र चामल निफन्ने तरिका थाहा छ। के हिउँद, के वर्षा गाउँ अहिले पनि आफ्नै लयमा गीत गाइरहन्छ।अहिले पनि गाउँ राजनीतिभन्दा मथि रहेर आफ्नै दैनिकीमा बाँचेको छ। चुनाव, नारा, आश्वासन कुनै कुराले पनि गाउँलाई छुन सकेको छैन। चुनाव, घोषणापत्र, परिवर्तन, राजनीति जस्ता शब्दजालभन्दा पर रहेर गाउँका मानिसलाई भाकल चढाउने र कुलोमा पानी लगाउने दिन थाहा छ भन्दै कविले गाउँले जीवन, जीवनशैली, दैनिकी, बाध्यता आदिको सूक्ष्म चित्रण गरेका छन् ।कविले गाउँअनुसारको देश अनि देश गुनाको भेष भन्ने मर्मलाई समात्न सम्पादकलाई आह्वान गरेका छन्। सुन्दर गाउँ, गाउँको जीवनशैली, गाउँका बाध्यता र अभाव अखबारका पानामा लेखिन नसकेकामा कविको गुनासो छ। कविले गर्वको इतिहास बोकेको गाउँको कथाभन्दा बमवर्षाका खबर, बालिग मताधिकार, साहित्यिक आन्दोलन र अन्तरिक्षयानका गतिविधि मात्र समाचार पत्रमा लेखिने गरेको आक्षेप लगाएका छन्। अखबारले नागरिकताको प्रमाणपत्र बाँड्ने गाउँ र नागरिक बन्न नपाएका जनताको पक्षमा वकालत गरोस् भन्ने आशय कवितामा प्रस्तुत भएको छ।एकाइसौँ शताब्दीको उत्तरार्धतिर पनि ढिकीच्याउँ ढिकीच्याउँ गर्दै एउटा खुट्टा उचालेर ढिकीमा उभिएको र जाँतामा टाउको अड्याएर निदाइरहेको सन्दर्भले अझै पनि गाउँ विज्ञान र प्रविधिको पहुँचभन्दा बाहिर रहेको देखिन्छ। चुनावका बेला चुनावी घोषणापत्रमा लेखिने योजना केवल कागजको खोस्टो बनेका छन्। अन्तरिक्षका गतिविधि दन्त्यकथा बनेका छन् भन्दै कवितामा असन्तुष्टि भाव व्यक्त गरिएको छ।७. व्याख्या गर्नुहोस् :
(क) तपाईंले गर्व गर्ने सगरमाथालाई काँधमा बोकेर उभिएको यो गाउँ!→ प्रस्तुत कवितांश नेपाली पाठ्यपुस्तक कक्षा १० को ‘गाउँमाथि एउटा कविता‘ नामक गद्य कविताको अंश हो। यस कविताका रचनाकार दिनेश अधिकारी हुन्। यस कवितामा कविले ग्रामीण जनजीवनको यथार्थतालाई प्रस्तुत गरेका छन्। कवितांशले भने नेपालको पहिचानको आधारको रूपमा रहेको गाउँलाई वेवास्ता गरिनुपर्ने विडम्बनाप्रति कटाक्ष गरेको छ।सगरमाथा हाम्रो गौरव र पहिचान हो। यसैले नेपाललाई विश्वमा चिनाएको छ। तर जसको काँधमा सगरमाथा उभिएर विश्वमा नेपालीको छाती चौडा पारेको छ, त्यही गाउँलाई हामीले बिर्सिएका छौँ। जुन गाउँले आफ्नो पीडा, सङ्घर्ष, त्याग, बलीदान र अस्तित्वको मूल्य चुकाएर राष्ट्रिय पहिचानको जग बसाएको छ, त्यसको आवाज आज नीरव (आवाज नभएको) बनेको छ। नेपालको आधाभन्दा बढी भूभाग ग्रामीण बस्तीले भरिएको छ जहाँ विकासका सामान्य पूर्वाधारहरू पनि पुगेका छैनन्। गाउँको बिहान सूर्यको उज्यालोसँग होइन, सङ्घर्षको छायाँसँग सुरू हुन्छ। त्यहाँ आज पनि धामीझाँक्री र छुवाछुतका कुप्रथाले जरो गाडेको छ। समय अघि बढे पनि गाउँ विज्ञान र प्रविधिको पहुँचभन्दा धेरै टाढा छ। यहाँ विकासका सपनाहरू केवल चुनावी घोषणापत्रमा सीमित छन्। यहाँका बाध्यता, समस्या र जीवनशैलीले अखबारका पानामा कहिल्यै स्थान पाउँदैनन्। शहरका गल्लीहरूमा समेत ग्रेनाइट र मार्बल बिछ्याइएका छन् तर गाउँका भित्री बाटाहरू हिलाम्य हुन्छन्। गाउँको यथार्थ ओझेलमा पारिएको छ, सत्ताको खेल गाउँको पीडामाथी खेलिन्छ।अब समय आएको छ – गाउँलाई हेर्ने दृष्टि बदल्ने। विकासका वास्तविक आधारहरू पहिचान गर्दै परिवर्तनका लागि सार्थक पहलहरू गर्नुपर्छ किनभने सगरमाथा तब मात्र उचाइमा रहन्छ जब त्यसलाई काँध दिने गाउँहरू मजबुत हुन्छन्। सगरमाथाको शिर उचाल्न त्यसलाई उभ्याउने माटोलाई पनि सम्मान गर्नुपर्छ। फूलको सुगन्धको चर्चा गर्ने हो भने त्यसलाई जीवन दिने जराको पनि चर्चा गर्नुपर्छ। गाउँको अस्तित्व नै राष्ट्रको भविष्य हो र जबसम्म गाउँमा घाम उदाउँदैन, तब सम्म नेपालले विकासको शिखर चुम्न सक्दैन।(ख) जहाँको चपरी त्यहीँको दुवाली मरेर के लानु छ...।→ 'गाउँमाथि एउटा कविता' शीर्षकको गद्य कविताबाट लिइएको यो अंश कवि दिनेश अधिकारीद्वारा लेखिएको हो, जसलाई कक्षा १० को नेपाली पाठ्यपुस्तकमा समावेश गरिएको छ। यस कविताले गाउँको आत्मनिर्भरता, सामूहिकता, र जीवनप्रतिको सरल दृष्टिकोणलाई उजागर गर्छ।गाउँलेहरूको मान्यता छ - जहाँ जे छ, त्यसैको सही उपयोग गरेर जीवन सहजै चलाउन सकिन्छ। चपरी जहाँको हुन्छ, दुवाली पनि त्यहीँको हुन्छ। यसले ग्रामिण परिवेशको आत्मनिर्भरतालाई स्पष्ट पार्छ। यदि मानिसले आफ्नै वरिपरिका स्रोत साधनहरूको उचित प्रयोग गर्न सक्यौँ भने जीवन सरल र सुखमय हुन्छ। जन्मेपछि मर्नुपर्छ। मर्दा कसैले साथमा केही लिएर जाँदैन। गाउँमा परिश्रम र सामूहिकताको परम्परा रहेको छ। यहाँका मानिसहरू लोभ र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामाजिक सद्भाव कायम राख्छन्। उदाहरणका लागि, सम्पूर्ण गाउँका लागि एउटै इनार भए पनि उनीहरू कहिल्यै गुनासो गर्दैनन्, बरु सहकार्य गरेर दैनन्दिन जीवन सहज बनाउँछन्। आमाहरू आफ्ना नानीहरूलाई पिठ्युँमा बाँधेर मेलापात जान्छन्, जसले देखाउँछ कि उनीहरू आफ्नो सन्तानलाई भार होइन, जीवनको एउटा अभिन्न अंश ठान्छन्।गाउँका मानिसहरू परिवर्तनशील समयको प्रभावभन्दा टाढा छन्। बाहिरी संसारका राजनीतिक गतिविधि, प्रविधिका विकास, वा अन्य आधुनिक सुविधाहरू उनीहरूको जीवनशैलीलाई खासै प्रभावित गर्दैनन्। उनीहरू आफ्नो परम्परागत तरिका अपनाएर सहज जीवन विताउँछन्। कविताले गाउँलेहरूको सरलता, इमानदारिता र आत्मनिर्भरतालाई चित्रित गर्दै भौतिक लालसाभन्दा सामूहिक जीवनशैली महत्वपूर्ण छ भन्ने सन्देश दिन्छ।८. 'गाउँमाथि एउटा कविता' कविताका आधारमा ग्रामीण परिवेशबारे साथी बिच छलफल गरी निष्कर्ष लेख्नुहोस्।
→ नेपाली साहित्यका प्रसिद्ध कवि तथा गीतकार दिनेश अधिकारी (वि.सं. २०१६) द्वारा रचित 'गाउँमाथि एउटा कविता' समय, समाज र मानिसका अनेकौँ आयामहरूलाई अत्यन्तै सुक्ष्म चित्रण गरिएको समाजपरक कविता हो। यस कविताले ग्रामीण समाजको वस्तुगत अवस्थालाई यथार्थपरक ढङ्गले चित्रण गरेको छ। अभावमा बाँचेका ग्रामीण क्षेत्रका जनताले व्यतित गरेको दिनचर्या कविताका विषयवस्तु बनेका छन्।प्रायः गाउँमा धेरै परालले र थोरै ढुङ्गाले छाएका घरहरू भेटिन्छन्। कुखुराको भाले बास्दा समयको अनुमान गर्ने परम्परागत चलन गाउँमै छ। गाउँमै अगेनामा नुन पड्काएर परदेश गएकाहरूको कुशलमङ्गलको अनुमानसमेत गरिन्छ। गाउँका मानिसहरू छिमेकी अगेनाबाट आगो ओसारेर दिनको प्रारम्भ गर्छन्। वस्तुभाउलाई घाँसपात हालेर मेलापात जान्छन्। अन्नबालीको उब्जाउ हेरेर शरीरमा कपडा र पेटमा अन्नको दाना पर्ने नपर्ने निश्चित हुन्छ भन्ने विश्वासमा गाउँलेहरू काममा व्यस्त हुने गरेको सन्दर्भ कवितामा चित्रण गरिएको छ।गाउँका आफ्नै समस्या छन्। अशिक्षा, अन्धविश्वास, अभाव, गरीबीले गाउँलाई गाँजेको छ। बर्षौँदेखि अभावका बीचमा बाँचेको गाउँ कहिल्यै निदाउँदैन, थकाइ मार्दैन। एउटै इनारको पानीले मात्र धानिनु पर्दा पनि कुनै गुनासो गर्दैन। पिठिउँमा मजेत्रोले काखे नानी बाँधेर भए पनि आमाहरू मेलापात गर्न बाध्य छन्। गाईभैंसीको भकारो सोहोर्ने, अनौ समात्ने, कोदालो खन्ने काममा गाउँको जीवन अभ्यस्त बनेको छ।गाउँका सबैलाई बाली कहिले लगाउने वा कहिले भित्र्याउने भन्ने कुरा थाहा छ। औपचारिक शिक्षा नपाए पनि अनुभवले सिर्जित चेतनाले भुस, कनिका र चामल राम्ररी छुट्याउन सक्ने भएको गाउँमाथि कविले गर्व गरेका छन्।यसरी कविताले ग्रामीण क्षेत्रका समस्या र गाउँको दिनचर्यालाई सूक्ष्म चित्रण गरेको छ। चुनाव, नारा, आश्वासन कुनै कुराले पनि गाउँका मानिसलाई छुन नसकेको तितो यथार्थ कविताले बोलेको छ। अतः गाउँको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक परिवेशले कविता उत्कृष्ट बनेको छ।९. गाउँमाथि एउटा कविता' कविताको आधार लिई गाउँघरको जीवनस्तर माथि उठाउन कसरी सम्भव होला, कल्पना गरी लेख्नुहोस् ।
→ कवि दिनेश अधिकारीद्वारा रचित 'गाउँमाथि एउटा कविता' गद्य शैलीको कविता हो जुन उनको धर्तीको गीत नामक कवितासङ्ग्रहमा सङ्ग्रहित छ। त्यही कवितालाई नेपाली पाठ्यपुस्तक कक्षा १० मा समेत समावेश गरिएको छ। गाउँघरको जीवनस्तर उकास्न 'गाउँमाथि एउटा कविता' ले दिएको सन्देशलाई आत्मसात् गर्दै केही महत्वपूर्ण पक्षहरूमा सुधार गर्नु आवश्यक छ।सबैभन्दा पहिला, गाउँमा व्याप्त अन्धविश्वासलाई जरैदेखि उखेल्नुपर्छ। गाउँमा अझै पनि केही रूढीवादी परम्परा र अन्धविश्वासले जरा गाडेको देखिन्छ। वैज्ञानिक सोच र शिक्षाको अभावले गर्दा मानिसहरू रोगलाई देवीको कोप मान्ने, उपचारको साटो झारफुकमा विश्वास गर्ने जस्ता गलत धारणाबाट ग्रसित छन्। यस्ता अन्धविश्वास हटाउन शिक्षाको पहुँच वृद्धि गर्नुपर्छ। विद्यालय तथा सामुदायिक कार्यक्रममार्फत विज्ञान, स्वच्छता र आधुनिक कृषि प्रविधिबारे जनचेतना फैलाउन आवश्यक छ। त्यसपछि, गाउँमा विकास पुर्याउनुपर्छ। आधारभूत पूर्वाधार जस्तै सडक, विद्युत, सफा खानेपानी, अस्पताल र विद्यालयको विकास नगरी गाउँको जीवनस्तर माथि उठ्न सक्दैन। राम्रो यातायात व्यवस्थाले गाउँका उत्पादन बजारसम्म पुर्याउन सजिलो बनाउँछ भने स्वास्थ्य र शिक्षा सेवाले समाजलाई सबल बनाउँछ। स्थानीय युवा रोजगारी खोज्दै शहर पलायन हुनुको साटो गाउँमै उद्यम गर्न सक्षम हुनुपर्छ। त्यसका लागि, स्थानीय सरकारले जनताका आवश्यकता पहिचान गरी सेवा प्रवाह गर्नुपर्छ। सरकारका नीति तथा कार्यक्रम गाउँको आवश्यकता अनुसार हुनुपर्छ। कृषिमा आधुनिकीकरण, लघु उद्यम तथा स्वरोजगार योजनाको विकास, प्रविधिको उपयोग गरी सीपमूलक तालिम दिनु आवश्यक छ। सरकारी तथा गैरसरकारी संस्थाहरूले समन्वय गरेर सेवा प्रवाह गर्नुपर्छ। यसका साथै, पत्रपत्रिकाले मुलुकको अवस्थालाई ध्यान दिएर समाचार प्रकाशन गर्नुपर्छ। गाउँका समस्याहरूलाई राष्ट्रिय स्तरमा उठान गरिएमात्र समाधानको लागि पहल गर्न सकिन्छ। गाउँका उपलब्धि, सम्भावना र कठिनाइहरूबारे सञ्चारमाध्यमले जिम्मेवारीपूर्वक समाचार सम्प्रेषण गर्नुपर्छ।अन्त्यमा, गाउँको उत्पादनले उचित मूल्य पाउनुपर्छ। कृषकले मेहनत गरी उत्पादन गरेका अन्न, तरकारी, फलफूल तथा हस्तकला सामग्री उचित मूल्यमा बेच्न पाउनु पर्छ। बजारमा पहुँच पुर्याउन सहकारी संस्था तथा सरकारी योजनाहरू प्रभावकारी हुनुपर्छ। यी सबै उपायहरू लागू गर्न सकियो भने गाउँको जीवनस्तर अवश्य माथि उठ्नेछ।१०. आगामी पाँच वर्षपछि तपाईंको गाउँ वा टोलमा के के परिवर्तन आउलान्, अनुमान गरी लेख्नुहोस्।
→ मेरो गाउँको पाँच वर्षपछि हुने सम्भावित परिवर्तनःमेरो गाउँमा आगामी पाँच वर्षमा धेरै परिवर्तन आउने सम्भावना छ। हालसम्म गाउँलेहरू कृषि तथा परम्परागत पेसामा निर्भर छन्, तर प्रविधिको विकाससँगै कृषि प्रणाली आधुनिकीकरण हुनेछ। ट्र्याक्टर, मलजल व्यवस्थापन तथा सुधारिएको बीउ प्रयोग गरेर कृषकहरूले उत्पादन बढाउनेछन्। कृषि उत्पादनको उचित बजार व्यवस्थापनले किसानको आर्थिक अवस्था पनि सुदृढ गर्नेछ। यातायात पूर्वाधार सुधार हुने अपेक्षा छ। अहिले जस्तो कच्ची सडकका कारण हिलो र धूलोको समस्या हुँदैन। पक्की सडक, पुल तथा सार्वजनिक यातायातको वृद्धि हुनेछ, जसले गर्दा गाउँलेहरू सहज रूपमा शहर जान सक्नेछन्। बिजुली तथा इन्टरनेट सुविधा व्यापक रूपमा उपलब्ध हुनेछ, जसले विद्यार्थीहरूलाई प्रविधिमैत्री शिक्षामा पहुँच दिलाउनेछ। शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार आउनेछ। गाउँमा रहेका विद्यालयहरूमा दक्ष शिक्षकहरू आउनेछन् र डिजिटल प्रविधिको माध्यमबाट अध्ययन–अध्यापन प्रभावकारी हुनेछ। त्यस्तै, गाउँमा स्वास्थ्य चौकीको सेवा विस्तार भई अनुभवी चिकित्सक तथा अत्याधुनिक उपचार प्रविधि उपलब्ध हुनेछ, जसले गर्दा गाउँलेहरूलाई उपचारका लागि टाढा जानु नपर्ने स्थिति बन्नेछ। गाउँमा स्वरोजगार तथा लघु उद्यमहरू बढ्नेछन्। साना उद्योग तथा सहकारी संस्थाहरूको स्थापना भई महिलाहरू आत्मनिर्भर बन्नेछन्। युवा विदेश पलायन हुनुको साटो आफ्नै गाउँमा व्यवसाय तथा स्टार्टअपहरू सञ्चालन गर्नेछन्।यस्ता सकारात्मक परिवर्तनहरू आएमा मेरो गाउँ पाँच वर्षपछि समृद्ध, शिक्षित र प्रविधिमैत्री बन्दै जानेछ। गाउँको विकासले मात्र देशको समृद्धि सम्भव छ, त्यसैले हाम्रा साना प्रयासहरूले गाउँको उज्ज्वल भविष्य निर्माण गर्नेछन्।११. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस्:
हरेक धर्मले शुद्ध आचार वा सदाचारलाई परम धर्म मानेको पाइन्छ। सदाचारले मानिसलाई नैतिकताको मार्गमा अग्रसर गराउँछ। यसको अभावमा मानिस भौतिक सम्पन्नताले भरिपूर्ण भए पनि मनुष्यत्वका दृष्टिले जीर्ण वा कमजोर हुन्छ। हरेक मानिसभित्र सत् र असत् विचार हुन्छन्। सदाचारले नै मानिसका असत वा खराब विचारलाई नियन्त्रण गर्न सक्छ। सदाचारका लागि शरीर र मन दुवै पवित्र हनुपर्छ। सदाचारका पनि आफ्नै नियम छन्। सदाचारी बन्नका लागि सत्य अनि मधुर वचन बोल्नुपर्छ। आफूभन्दा उमेरले ठुलालाई आदर र सम्मान एवम् सानालाई स्नेह र सम्मान गर्न जान्नुपर्छ। सकेसम्म अरूको भलाइमा मन लगाउनुपर्छ, नसके कसैको पनि कुभलो सोच्न पटक्कै हुँदैन। सबैले आआफ्ना कर्म र पेसाप्रति निष्ठावान हुनुपर्छ। उदाहरणका लागि विद्यार्थीले पढाइमा एकाग्र र लगनशील बन्नु, कसैसँग शत्रुता नराख्नु, माता, पिता र गुरुको आज्ञाकारी बन्नु, असल मित्रको सङ्गत गर्नु, शाकाहारी र सन्तुलित भोजनमा जोड दिनु जस्ता कुरा नै सदाचारका आचरण हुन सक्छन्। यिनै सदाचार नै हाम्रा सत्कर्म हुन्। सत्कर्मको पालनाबाट मात्र जीवन सार्थक पार्न सकिन्छ। संस्कृतमा भनाइ छ, 'काक चेष्टा, बको ध्यान, स्वान निद्रा तथैव च' अल्पहारी, गृहत्यागी विद्यार्थी पञ्च लक्षण अर्थात् कागको जस्तो चनाखोपन, बकुल्लाको जस्तो ध्यान वा एकाग्रता, कुकुरको जस्तो तुरुन्तै जाग्न सक्ने सचेत निद्रा, थोरै भोजन गर्ने र पढ्नका लागि घरभन्दा टाढा रहने जस्ता विद्यार्थीले पालना गर्नुपर्ने पाँच लक्षण मानिएको छ। यसको आशय विद्यार्थीले पढाइमा एकचित्त भएर पढ्नु नै उसको असल लक्षण हो।
शब्द | अर्थ |
---|---|
चपरी | दुबो, झार आदिसमेतको माटाको चोइलो |
दुवाली | माछा मार्न वा जाल थाप्न बनाइएको खोलाको साँघुरो मुहानमा गाडिने छेका वा बार |
भाकल | आफ्नो इच्छा सिद्ध होस् भनेर गरिने पूजा |
घोषणापत्र | उद्देश्यप्रति सत्यता वा वचनबद्धता घोषित गर्ने पत्र विशेष |
दन्त्यकथा | लोकले युगौँदेखि संरक्षित गर्दै आएका कथा |
हामीलाई आकस्मिक आपत्विपत् पर्दा छिटोछरितो गरी छरछिमेकीको सरसहयोग लिन हारगुहारसमेत गर्नुपर्छ। गाउँठाउँ र सहरबजारमा जहाँ रहे पनि सानोतिनो कुरामा एकआपसमा झैझगडा गरेर एकअर्कालाई दोष लगाउने काम गर्नुहुँदैन। चाडवाड र मेलापर्व जस्ता मौकामा साथीभाइसँग भेटघाट गर्नु अनि मेलमिलाप गरे रमाइलो गर्नुपर्छ।
→ आपत् – विपत्
छिटो – छरितो
छर – छिमेकी
सर – सहयोग
हार – गुहार
गाउँ – ठाउँ
सहर – बजार
सानो – तिनो
चाड – बाड
साथी – भाइ
भेट – घाट
मेल – मिलाप
३. दिइएका युग्म शब्द प्रयोग गरी एउटा अनुच्छेद लेख्नुहोस्:छर – छिमेकी
सर – सहयोग
हार – गुहार
गाउँ – ठाउँ
सहर – बजार
सानो – तिनो
चाड – बाड
साथी – भाइ
भेट – घाट
मेल – मिलाप
छिटोछरितो, हाँसखेल, गाह्रोसाहो, पानीपधेरो, नुहाइधुवाइ, सफासुग्घर, साथीसङ्गी, कुराकानी, हित्तचित्त, सोचविचार
→ सजना छिटोछरितो काम गर्छिन्। उनी हाँसखेल पनि गर्न रूचाउँछिन्। उनी गाह्रोसाह्रो पर्दा अरूलाई सहयोग गर्छिन्। उनी आज सबेरै पानीपँधेरोमा गइन्। उनले त्यहाँ नुहाइधुवाइ गरिन्। उनी सफासुग्घर रहन मन पराउँछिन्। उनका साथीसङ्गी पनि त्यहाँ पानी भर्न आइपुगे। उनीहरू आपसमा कुराकानी गर्न थाले।हित्तचित्त मिलेका साथी भएर होला, मनको कुरा पनि खोल्न थाले। आज शनिबार भएकाले दिउँसो के गर्ने भनेर सोचविचार गर्दै सजना घर फर्किइन्।
४. दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस्:कनिका, मेलापात, कोदालो, अगेनो, भकारी, अनौ, जाँतो, गोठ
→
शब्द | वाक्य |
---|---|
कनिका | सानो भाइले चामलको कनिका टिपेर परेवालाई खुवायो। |
मेलापात | दुर्गम क्षेत्रका अधिकाँस ग्रामीण महिला अहिले पनि चुलाचौका र मेलापातमा नै सिमित छन्। |
कोदालो | माल्दाइले माटो खन्न कोदालो चलाउनुभयो। |
अगेनो | जाडोको समयमा अगेनोको वरिपरी बसेर आगो ताप्दै ठूलाबडाको गफ सुन्न रमाइलो हुन्छ। |
भकारी | घरमा चामल सकिएपछि बुवाले भकारीबाट धान निकालेर त्यसलाई चामल बनाउन मिलमा पुर्याउनुभयो। |
अनौ | गोरू नारेर हलोको अनौ पकडेपछि माल्दाइले हातमा ठेला नउठुञ्जेल खेत जोत्छन्। |
जाँतो | सिमिको दाल बनाउन आमाले बिहानै जाँतोमा सिमि पिस्नुभयो। |
गोठ | गाईवस्तु बस्ने गोठ घरबाट केही दुरीमा बनाए घरमा झिँगा कम आउँछन्। |
शब्द | उच्चारण |
---|---|
आड | आड् |
अङ्गुर | अङ्गुर् |
पिठिउँ | पिठ्युँ |
गुनासो | गुनासो |
अर्जाप्नु | अर्जाप्नु |
उब्जाउ | उब्जाउ |
अन्दाज | अन्दाज् |
→ तपाईँ फेरि कुन देशको कल्पना गरेर छापिरहनुभएको छ।
(ख) विज्ञानको पनि बेग्लै ढङ्ग छ गाउँमा
→ गाउँमा विज्ञानको पनि बेग्लै ढङ्ग छ।
(ग) न चुनावले रोक्छ यसलाई
→ यसलई न चुनावले रोक्छ।
(घ) एउटै इनार छ सम्पूर्ण गाउँमा
→ सम्पूर्ण गाउँमा एउटै इनार छ।
(ङ) निस्कन तयार छे जो कुनै पनि आमा
→ कुनै पनि आमा जो निस्कन तयार छे।
(च) सिँगान पुछ्ने कागजभन्दा बढी कामयाब हुन सक्तैन यो यिनीहरूलाई
→ यो यिनीहरूलाई सिँगान पुछ्ने कागजभन्दा बढी कामयाब हुन सक्तैन।
(छ) दन्त्यकथाकै सिलसिला जोड्नुभन्दा बढी केही अर्थ छैन यसको पनि यिनीहरूलाई
→ यसको पनि यिनीहरूलाई दन्त्यकथाकै सिलसिला जोड्नुभन्दा बढी केही अर्थ छैन।
यो, मेरो देशको सुदूर पश्चिमको गाउँ।
छिमेकी अगेनाबाट आगो ओसारेर सुरू हुने यहाँको दिन
गोठमा, वस्तुभाउलाई घाँसपात हालेर केटाकेटी हुन्छ
खेतमा, गोरु नारेर तन्नेरी हुन्छ
र बेग्लाबेग्लै मान्छेका ओठहरू भएर
दिनभरि फलाकिरहन्छ
दिनभरि हतारिरहन्छ।
(क) प्रश्नहरू
(अ) सदाचारलाई किन परम धर्म भनिएको हो?
→ सदाचारले मानिसलाई नैतिकताको मार्गमा अग्रसर गराउने भएकाले सदाचारलाई परम धर्म भनिएको हो।
(आ) सदाचारका नियमको सूची बनाउनुहोस्।
→ सदाचारका नियमहरू निम्नानुसार रहेका छन्ः
- सत्य र मधुर वचन बोल्ने,
- आफूभन्दा उमेरले ठुलालाई आदर गर्ने र सम्मान गर्ने,
- सानालाई स्नेह र सम्मान गर्ने,
- अरूको भलाईमा मन लगाउने र कसैको कुभलो नसोच्ने,
- आफ्नो कर्म र पेशा प्रति निष्ठावान हुने आदि।
(इ) सदाचारका लागि शरीर र मन कस्तो हुनुपर्छ?→ सदाचारका लागि शरीर र मन दुवै पवित्र हुनुपर्छ।(ई) विद्यार्थीका पञ्च लक्षण के के हुन्?→ विद्यार्थीका पञ्चलक्षण निम्नानुसार रहेका छन्:- कागको जस्तो चनाखोपन,- बकुल्लाको जस्तो ध्यान वा एकाग्रता,- कुकुरको जस्तो तुरुन्तै जाग्न सक्ने सचेत निद्रा,- थोरै भोजन गर्ने,- पढ्नका लागि घरभन्दा टाढा रहने।(ख) भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस्ः(अ) अनुच्छेदको पहिलो वाक्यलाई आलड़कारिक पदक्रममा बदल्नुहोस्।→ शुद्ध आचार वा सदाचारलाई परम धर्म मानेको पाइन्छ हरेक धर्मले।(आ) अनुच्छेदको अन्तिम वाक्यलाई दुईओटा वाक्यमा टुक्र्याउनुहोस्।→ यसको आशय विद्यार्थीले पढाइमा एकचित्त भएर पढ्नु हो। यो नै उसको असल लक्षण हो।(इ) अनुच्छेदबाट पञ्चम वर्ण प्रयोग भएका दुईओटा शब्द लेख्नुहोस्।→ सङ्गत, पञ्च, संस्कृत।
१२. दिइएको अनुच्छेद पढ़ी तोकिएको कार्य गर्नुहोस्:
छठ पर्व विशेष गरी तराईमा मनाइने राष्ट्रिय पर्व हो। एउटै पोखरी या जलाशयको किनारमा सयौँ श्रद्धालुले सूर्यको पूजा गर्ने चलन जातीय समन्वय र सद्भावको ज्वलन्त उदाहरण पनि हो। अहिले यस पर्वमा तराई समुदायका साथै अरू समुदायका श्रद्धालु पनि सहभागी हुने क्रम बढ्दो छ। यस पर्वमा तराई समुदायका मानिसले अरू समुदायका मनिसलाई समेत आमन्त्रण गरी रमाइलो गर्दै सामाजिक सद्भावको नमुना प्रस्तुत गरेको पाइन्छ। हाल तराईका साथै पहाड र राजधानीका विभिन्न स्थानमा बसोबास गर्ने समुदायका मानिस मिलेर छठ पर्व मनाउँदा सबैको जीवनमा समानता, एकता र सद्भावको सन्देश प्रवाह भएको पाइन्छ।विभिन्न जातजातिका मानिस सहभागी भई कुनै चाडपर्व मनाएको सदभावपूर्ण कुराकानीको नमुना अभिनयसहित कक्षामा प्रस्तुत गर्नुहोस।→ सद्भावपूर्ण कुराकानीको नमुनाःस्थान: पोखरीको किनार, छठ पर्व मनाइरहेको वातावरणव्यक्ति १ (रामेश्वर - मधेसी समुदायका सदस्य): नमस्ते हरि दाइ! मेरो निमन्त्रणालाई स्वीकार गरेर हामीसँगै छठ पर्व मनाउन आउनु भएकोमा धेरै खुसी लाग्यो।व्यक्ति २ (हरि - पहाडी समुदायका सदस्य): नमस्कार रामेश्वरजी ! मैले धेरै पहिलेदेखि छठ पर्वको बारेमा सुनेको थिएँ, तर प्रत्यक्ष अनुभव गर्ने अवसर आज मात्र पाइयो। साँच्चै, यो पर्व त निकै भव्य र भावनात्मक रहेछ।व्यक्ति ३ (सीता - नेवारी समुदायकी सदस्य): हो, मलाई पनि यो पर्वले निकै आकर्षित गर्यो। सूर्य देवताको पूजा, जलाशयको किनारमा दीप प्रज्वलन, अनि सबैले मिलेर मनाएको उत्सव साँच्चै मन छुने रहेछ। रामेश्वर: छठ पर्व केवल तराईको मात्र होइन, अब यो सबै नेपालीको साझा चाड बनिसकेको छ। हामी सबै मिलेर मनाउँदा सामाजिक सद्भाव अझ बलियो बन्छ।हरि: हो, तपाईँले ठीक भन्नुभयो। चाडपर्वले हामी सबैलाई एकतामा बाँध्छ। मैले पनि अघिल्लो वर्ष तिहारमा तपाईँलाई आमन्त्रण गरेको थिएँ, अनि आज यहाँ आउँदा आफ्नै घरजस्तै अनुभूति भयो।सीता: हामी जुनसुकै जातजातिका भए पनि हाम्रो संस्कृतिहरू आपसमा मिसिँदा अझै सुन्दर बन्छ। यस्ता पर्वले नेपालीहरूबीचको आत्मीयता बढाउँछ। यसले राष्ट्रिय एकतामा समेत योगदान गर्छ। रामेश्वर: बिल्कुल सही भन्नु भयो! आउनुहोस्, अब प्रसाद ग्रहण गरौँ। यसरी नै हामी सधैँ एकअर्काको चाडपर्वमा सहभागी बनौँ र सद्भावलाई अझ बलियो बनाऔँ।(सबै हाँस्दै प्रसाद ग्रहण गर्छन् र पर्वको रमाइलो वातावरणमा रमाउँछन्।)
सुनाइ र बोलाइ
१. सुनाइ पाठ १५ सुन्नुहोस् र उपयुक्त विकल्प छनोट गरी भन्नुहोस् :प्रश्न | विकल्प | टिक |
---|---|---|
(क) मानिसमा सामाजिक गुण कहिलेदेखि विकास हुन्छन्? | (अ) विवाहपछि | |
(आ) बाल्यावस्थादेखि | ||
(इ) युवावस्थादेखि | ||
(ई) जन्मदेखि | ||
(ख) समाजमा योग्य नागरिक हुनाका लागि मानिस कस्ता कुरासँग परिचित हुनुपर्छ? | (अ) नैतिक चरित्र र मधुर वाणी | |
(आ) सामाजिक मूल्य र आदर्श | ||
(इ) मानसिक वृद्धि र विकास | ||
(ई) आपसी मेलमिलाप र सहयोग | ||
(ग) सामाजिकीकरणबाट बालबालिकाको कस्तो क्षमता विकास गर्न सहयोग पुग्छ? | (अ) शारीरिक विकास | |
(आ) व्यक्तित्व विकास | ||
(इ) आर्थिक विकास | ||
(ई) संवेगात्मक विकास | ||
(घ) मानिस कस्तो प्राणी हो? | (अ) सामाजिक | |
(आ) राजनैतिक | ||
(इ) शिक्षित | ||
(ई) भावनात्मक |
→ सामाजिकीकरणले व्यक्तिलाई समाजमा घुलमिल हुन मद्दत गर्छ। यस प्रक्रियाले उसलाई सामाजिक मूल्य, मान्यता, सिद्धान्त र व्यवहार सिकाउँछ जसले ऊ योग्य नागरिक बन्ने मार्गमा अघि बढ्छ। मानिस जन्मजात सामाजिक हुँदैन, तर शिक्षाको माध्यमबाट समाज स्वीकार्य व्यवहार सिक्दै जान्छ।
सामाजिकीकरणको प्रक्रियाले व्यक्तित्व विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ। यसले उसलाई समाजका अरूसँग कसरी व्यवहार गर्ने, आफ्नो स्थान पहिचान गर्ने र पारस्परिक सहयोग बढाउने जस्ता कुराहरू बुझ्न सहयोग गर्छ। साथै, सामाजिक मूल्य र आदर्श आत्मसात् नगर्ने हो भने व्यक्तिलाई समाजमा घुलमिल हुन कठिनाइ हुन सक्छ।
बाल्यकालदेखि नै व्यक्तिलाई उचित संस्कारयुक्त व्यवहार गर्न सिकाइन्छ, जसले उसलाई जिम्मेवार नागरिक बन्न मद्दत गर्छ। समाजले स्वीकृत गरेका विचार, नियम, र परम्पराहरू अङ्गीकार गरेपछि मात्र ऊ समाजमा सम्मानित सदस्य बन्न सक्छ। त्यसैले सामाजिकीकरण जीवनको एक अनिवार्य प्रक्रिया हो, जसले व्यक्तिलाई सामाजिक प्राणीका रूपमा विकास गर्छ।
भाषिक संरचना र वर्णविन्यास
१. दिइएको अनुच्छेदबाट व्याकरणिक र आलङ्कारिक पदक्रम भएका वाक्य छुट्याएर लेख्नुहोस् :काला बादलले नपाएको दुख पाउने गरी फस्यो रने नराम्रोसँग। श्रीमतीले ढिकीच्याउँको कुरा नभनेको भए पनि हुन्थ्यो। रने नरिसाएको भए पनि हुन्थ्यो। रनेले ढिकीच्याउँ किरालाई नमारेको भए पनि हुन्थ्यो। नखाएको विष लाग्यो धनेका जिन्दगीमा। कोही पनि नपरोस् यस्तो परिबन्दमा बरै!
→
व्याकरणिक पदक्रम | आलङ्कारिक पदक्रम |
---|---|
श्रीमतीले ढिकीच्याउँको कुरा नभनेको भए पनि हुन्थ्यो। | काला बादलले नपाएको दुख पाउने गरी फस्यो रने नराम्रोसँग। |
रने नरिसाएको भए पनि हुन्थ्यो। | नखाएको विष लाग्यो धनेका जिन्दगीमा। |
रनेले ढिकीच्याउँ किरालाई नमारेको भए पनि हुन्थ्यो। | कोही पनि नपरोस् यस्तो परिबन्दमा बरै! |
बालक परेवाको हुलनिर पुग्यो। सेता परेवा भुरुर्र उड़े। बालक पनि सेता परेवासंग भुरुर्र उड्न खोज्यो। परेवा परको रूखमा गएर बसे। बालकले परेवालाई हेर्यो। परेवा माकुरघुर गरी कराए। परेवाले बालकलाई बाइ बाइ भने होलान्। बालकले हात उठाएर परेवालाई बोलाएको इसारा गर्यो। परेवाले भोलि आउँला है भने।
→ परेवाको हुलनिर पुग्यो बालक। भुरुर्र उडे सेता परेवा। सेता परेवासँग भुरुर्र उड्न खोज्यो बालक पनि। परको रूखमा गएर बसे परेवा। परेवालाई हेर्यो बालकले। माकुरघुर गरी कराए परेवा। बाइ बाइ भने होलान् परेवाले बालकलाई। हात उठाएर परेवालाई बोलाएको इसारा गर्यो बालकले। भोलि आउँला है भने परेवाले।
३. 'गाउँमाथि एउटा कविता' कविताबाट कुनै तीनओटा आलङ्कारिक पदक्रमका वाक्य टिपी तिनलाई व्याकरणिक पदक्रममा रूपान्तरण गर्नुहोस् ।→
आलङ्कारिक पदक्रम | व्याकरणिक पदक्रम |
---|---|
विज्ञानको पनि बेग्लै ढङ्ग छ गाउँमा | गाउँमा विज्ञानको पनि बेग्लै ढङ्ग छ। |
एउटै इनार छ सम्पूर्ण गाउँमा | सम्पूर्ण गाउँमा एउटै इनार छ। |
निस्कन तयार छे जो कुनै पनि आमा | कुनै पनि आमा जो निस्कन तयार छे। |
(क) क, ख, ग, घ वर्णको अगि ङ आउने शब्द, जस्तै मङ्गल, ……………………
→ एकाङ्की, कङ्गाल, जङ्गल, लिङ्ग, मथिङ्गल
(ख) च, छ, ज, झ वर्णको अगि ञ आउने शब्द, जस्तै व्यञ्जन, ……………………
→ गुञ्जन, सञ्चार, मनोरञ्जन, किञ्चित्
(ग) ट, ठ, ड, ढ वर्णको अगि ण आउने शब्द, जस्तै: पण्डित, ……………………
→ घण्टी, कण्ठ, काण्ड, भण्डार
(घ) त, थ, द, ध वर्णको अगि न आउने शब्द, जस्तै सन्तोष, ……………………
→ सन्त, ग्रन्थ, चन्दन, निबन्ध
(ङ) प, फ, ब, भ वर्णको अगि म आउने शब्द, जस्तैः स्तम्भ, ……………………
→ भूकम्प, पम्फा, आडम्बर, कुम्भ
(च) य, र, ल, व, श, ष, स, ह, ज्ञ अगि शिबिन्दु आउने शब्द, जस्तै संरक्षण, ……………………
→ संयोग, संविधान, संज्ञा, हिंसा
५. गाउँमाथि एउटा कविता' कविताबाट पञ्चम वर्ण प्रयोग भएका शब्द टिपोट गर्नुहोस् ।→ अङ्गुर, ढुङ्गे, मङ्गल, अन्दाज, ढङ्ग, जन्त, सम्पूर्ण, सन्तान, समात्ने, सम्पादक, आन्दोलन, अन्तरिक्ष।
६. दिइएको अनुच्छेदलाई शिरबिन्दु प्रयोग भएका ठाउँमा पञ्चम वर्ण (ङ, ञ, ण, न, म) र पञ्चम वर्ण प्रयोग भएका ठाउँमा शिरबिन्दु बनाएर शुद्ध गरी पुनर्लेखन गर्नुहोस्।पंकज, शंकर, संजय, संचित, कंटकनाथ, पंडित, संतोष, पफा, खेलकुद प्रतियोगिताबारे छलफल गर्दै थिए। त्यसै वेला सम्योग, सम्रचना, सम्लग्न, सम्शय, संहिता आए। उनीहरूले सम्वाद गर्न थाले ।
→ पङ्कज, शङ्कर, सञ्जय, सञ्चित, कण्टकनाथ, पण्डित, सन्तोष, पम्फा, खेलकुद प्रतियोगिताबारे छलफल गर्दै थिए। त्यसै वेला संयोग, संरचना, संलग्न, संसय, संहिता आए। उनीहरूले संवाद गर्न थाले।
(यहाँ “संहिता” लाई परिवर्तन गर्नु आवश्यक छैन।)
सिर्जना र परियोजना कार्य
१. 'मानव' शीर्षकमा एउटा कविता रचना गर्नुहोस् ।→ मानव (गद्य कविता)
म जन्मिएँ गाउँमा खाली हात... त्यसरी नै,
जसरी जन्मन्छन् संसारभरका सबै बच्चाहरू,
जन्मेको एघारौँ दिनमा घाम देखेँ मैले,
र देखेँ आफ्नै शरिरमा भोटो पनि
विस्तारै बढ्दै गयो शरीर मेरो
र बुवाको जिम्मेवारी पनि
आमाको दुःख पनि!
मलाई पढाएर डाक्टर बनाउने सपना थियो बुवाको,
तर पेट भर्ने कुनै उपाय थिएन।
मेरो लागि स्कूलको ढोका उघ्रिएन,
पढाइभन्दा ठूलो थियो खेतको आली,
कापीभन्दा जरूरी थियो अन्नबाली।
म जवान भएँ, तर रोजगारी थिएन,
उमेरसँगै बढ्यो बोझ, संघर्ष घटेन।
देशमै केही गर्ने सपना देखेँ,
तर हरेक साँझ विदेश जानका लागि
चिया पसलमा बहस सुन्न थालेँ।
म वृद्ध भएँ, कमाइ गरेँ, तर खुसी किन्न सकिनँ।
छोरा–छोरी ठूलाठूला भए, तर साथमा भएनन्,
बूढेसकालमा
रोगहरूको भारी बोक्नुपर्यो।
यो मेरो मात्र कथा होइन,
यो त लाखौँ नेपालीहरूको पीडा हो,
जो जीवनभर संघर्ष गर्छ,
तर उही पीडाको चक्रमा अल्झिरहन्छ।
तर पनि, म आशा मार्दिनँ,
किनभने म मानव हुँ।
२. पुस्तकालयबाट एउटा बाल कविता खोजी त्यसको मूलभाव कक्षामा प्रस्तुत गर्नुहोस्।→ तल ‘आमा’ शीर्षकको बाल कविता छ जुन कृष्णप्रसाद भट्टराई द्वारा लेखिएको होः
झिकेर मुटुको टुक्रा आँखाभित्र अटाउँछिन्
भोकभोकै बसी आफू छाती चुस्न खटाउँछिन्
जिन्दगी बन्छ आमाले खाएको गाँस गाँसमा
सिर्जनामूल हुन् आमा स्रष्टाको इतिहासमा ।
कोखबाट निकालेर यो धर्ती टेक्न लाउँछिन्
ताते ताते भनी मिठो तोते बोली सिकाउँछिन्
राखेर काखमा नानी कहिले गीत गाउँछिन्
बालो सुतोस् भनी आमा हातले थुम्थुम्याउँछिन् ।
नानी उठ्छ भनी राती अल्प अल्प निदाउने
नानी रुन्छ भनी चाँडै अन्तबाट बिदा हुने
नानीकै साथमा खेल्छिन् काखकाखै नचाउँछिन्
आमाले नै विधाताको सृष्टिलाई बचाउँछिन् ।
को खा को खा भनी खाना नानीलाई खुवाउँछिन्
बगाई दुधको धारा शिशुलाई नुहाउँछिन्
मातृवात्सल्य रित्तिन्न जस्तै दुःख भए पनि
बचरा गुँड छोडेर टाढा टाढा गए पनि ।
जिन्दगानी रहेसम्म आँखाले देख्न पाउलान्
आफ्नो शक्ति भए मान्छे सेवामा जुट्न आउलान्
धर्तीमै छ सबै चिज खोजे मिल्छ घरी घरी
तर जन्म दिने आमा पाइँदैन कसै गरी ।
कविताको मूलभावः
कृष्णप्रसाद भट्टराईद्वारा लेखिएको 'आमा' कवितामा कविले आमाको महानताका बारेमा वर्णन गरेका छन् । संसारमा आमासँग तुलना गर्न मिल्ने अर्को वस्तु छैन । आमाकै कारण हामीले यो सुन्दर संसार देख्न पाएका छौं ।
आमा सिर्जनाकी मूल हुन् । नौ महिनासम्म आफ्नो गर्भमा राखेर आमाले हामीलाई यो धर्ती टेकाउँछिन् । आमाले अमृत जस्तै दुधको धारा चुसाएर हामीलाई बचाउँछिन् । आमाले नै तोते बोली बोल्न र ताते ताते हिँड्न सिकाउँछिन् । उनी सधैं सन्तानकै रेखदेखमा खटिन्छन् । आमा आफू भोकै बसी सन्तानलाई खुवाउने र आफू नसुती सन्तानलाई सुताउने गर्छिन् । ईश्वरले रचेको सृष्टिको प्रक्रियालाई बचाउने काम आमाले गर्छिन् । जस्तोसुकै दुःखको अवस्थामा पनि आमाले सन्तानलाई गर्ने माया रित्तिदैन । छोराछोरीको खुसीमा खुसी हुन्छिन् । सन्तान टाढा भए पनि गौरव गर्छिन् । यिनै कारणले गर्दा आमा निःस्वार्थ देवी समान हुन्छिन् । आमाले जीवनभर हाम्रो सेवा गछिन् । आमाको माया अन्त कतै खोजेर पाउन सकिँदैन । नारीका विभिन्न रूपमध्ये आमा सबैभन्दा उत्कृष्ट रूप हो । आमाबिनाको संसार कल्पना नै गर्न सकिँदैन । आमाले बच्चाका लागि आफ्नो सिङ्गो जीवन दिएकी हुन्छिन् । सन्तानकै लागि आफ्नो सुख त्यागिदिन्छिन् । संसारमा धन भएपछि सुखसुविधा किन्न सकिन्छ तर आमाको माया न त किन्न सकिन्छ न खोजेर नै पाइन्छ । आमा र आमाको मायासित कुनै वस्तुको तुलना गर्न सकिँदैन । संसारमा भएका अन्य वस्तु खोजेर, मागेर र किनेर पनि पाउन सकिन्छ । आमाको माया अन्त खोजेर पाइँदैन ।
सृष्टिकर्ता आमाको स्थान सबैभन्दा उच्च छ । आमाको त्याग र मायाको तुलना कुनै चिजसित हुन सक्दैन । आमा जीवित रहेसम्म हामीले आमाको सेवा र सम्मान गर्नुपर्छ भन्ने विचार कवितामा कविले व्यक्त गरेका छन् ।
0comments
Post a Comment