class 10 nepali guide | पाठ १ | उज्यालो यात्रा | कक्षा १०
पाठ १
उज्यालो यात्रा
शब्दभण्डार
१. दिइएका अर्थ आउने शब्द “उज्यालो यात्रा” कविताबाट खोजेर लेख्नुहोस्:
(क) मनमा उत्पन्न हुने भाव वा विचार : भावना(ख) श्रीखण्ड घोटेर बनाइएको लेप : चन्दन
(ग) गौरवले भरिएको : सगौरव
(घ) आफ्नो स्वामित्व वा अधिकार छोडने काम : त्याग
(ङ) सबैभन्दा उच्च वा अग्लो : सर्वोच्च
२. दिइएको अनुच्छेदबाट दुई जोडी पर्यायवाची शब्द पहिचान गर्नुहोस्:
गाई मानिसले पाल्ने घरपालुवा जनावर हो। यो चौपाया भित्र पर्छ। मानवका लागि गाईको दूध निकै पोसिलो हुन्छ। शरीर स्वस्थ राख्न तागतिला कुरा खानुपर्छ। दुग्ध र दुग्धजन्य पदार्थ बिक्री गरेर मान्छेले आर्थिक उपार्जन पनि गर्छन्। गाईपालनलाई व्यवसायका रूपमा प्रयोग गरेर धेरै आम्दानी गर्न सकिन्छ।मानिस – मानव
गाई – चौपाया
दूध – दुग्ध
आम्दानी – आर्थिक उपार्जन
३. दिइएका शब्दको पर्यायवाची शब्द लेख्नुहोस्:
शक्ति, प्रेम, धर्ती, शिर, कर्म, सुन्दर, जिन्दगी, महान्, हावा, आकाश, नयनशक्ति – सामर्थ्य, तागत, बल, क्षमता
प्रेम – माया, स्नेह, प्यार, प्रीति
धर्ती – पृथ्वी, धरणी, धरा, वसुन्धरा
शिर – माथ, मस्तक, टाउको
कर्म – काम, कार्य, भाग्य, तकदिर
सुन्दर – मनोहर, राम्रो, चित्ताकर्षक, आकर्षक
जिन्दगी – जीवन, चोला, जीवनकाल, बँचाइ
महान् – ठूलो, उच्च, विशाल, महत्
हावा – पवन, वायु, समीर, बतास
आकाश – गगन, नभ, व्योम, अन्तरिक्ष
नयन – आँखा, नेत्र, चक्षु, लोचन
४. ‘उज्यालो यात्रा’ कविताबाट खोजेर तल दिइएका शब्दको विपरीतार्थी शब्द लेख्नुहोस्
निम्न, दुःखी, अज्ञान, सम्भव, आफ्नो, अन्यायनिम्न – उच्च
दुःखी – सुखी
अज्ञान – ज्ञान
सम्भव - असम्भव
आफ्नो - पराइ
अन्याय - न्याय
५. उदाहरणमा दिए जस्तै कुनै पाँच जोडी विपरीतार्थी शब्द खोजी वाक्यमा प्रयोग गर्नुहोस्:
उदाहरण : धारिलो – भुत्ते , सम्भव – असम्भव, सुन्दर – कुरूप, न्याय – अन्याय, गाउँ – शहरधारिलो - धारिलो हतियार चलाउँदा होसियार हुनुपर्छ।
भुत्ते - भुत्ते खुकुरीले काम दिँदैन।
सम्भव - रोजगारीको अवसर सिर्जना गर्नसके बिदेसिने युवाहरूलाई रोक्न सम्भव छ।
असम्भव - मुस्ताङको स्याउ काठमाडौँको बजारमा ल्याउन असम्भव छैन।
सुन्दर - नेपाल प्रकृतिको सुन्दर बगैंचा हो।
कुरूप - प्राकृतिक सौन्दर्यलाई मानिसले नै कुरूप पारेका छन्।
न्याय - असल नागरिक न्यायका पक्षमा उभिन्छन्।
अन्याय - अरूलाई अन्याय गर्ने काम गर्नु हुँदैन।
गाउँ – गाउँमा प्रायः किसानहरूले खेतीपाती र पशुपालन गरेर आफ्नो जीवन बिताउँछन्।
शहर - शहरमा रोजगारीका अवसरहरू धेरै छन् ।
बोध र अभिव्यक्ति
१. दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस्:
असम्भव, उच्च, निर्माण, संसार, लालच, सदैव, उद्यत, यात्रा, आदर्श, विश्व२. दिइएको कवितांश आठ आठ अक्षरमा विश्राम गरी वाचन गर्नुहोस्:
८ अक्षर ८ अक्षरजसका कर्मले बन्छन जिन्दगी हंसिला सुखी
अरूको लिनुमा भन्दा दिनुमा बन्छ जो खुसी
ईष्याद्वेष हटाएर जो छर्छन् प्रेम सौरभ
तिनै मान्छेहरू बन्छन् विश्वका निम्ति गौरव।
३. उज्यालो यात्रा कविता पालैपालो लयबद्ध वाचन गर्नुहोस्।
४. दिइएको अनुच्छेद पढी अनुष्टुप छन्दबारे साथीबिच छलफल गर्नुहोस्:
अनुष्टुप छन्दका चार पाउ हुन्छन्। यसका प्रत्येक पाउमा आठ अक्षर हुन्छन्। यस छन्दमा हरेक श्लोकको प्रत्येक पाउको पाँचौं अक्षर लघु (ह्रस्व) हुन्छ र छैटौं अक्षर गुरु (दीर्घ) हुन्छ। पहिलो र तेस्रो पाउको सातौं अक्षर गुरु अनि दोस्रो र चौथो पाउको सातौं अक्षर लघु (ह्रस्व) हुन्छ। यसरी प्रत्येक पाउमा सातौं अक्षर क्रमशः गुरु लघु बनिरहन्छ अर्थात् पहिलो पाउमा गुरु, दोस्रो पाउमा लघु, तेस्रो पाउमा गुरु र चौथो पाउमा लघु हुन्छ । प्रत्येक आठौं वर्णपछि यति वा विश्राम हुन्छ ।५. 'उज्यालो यात्रा' कविताबाट लेखन र उच्चारण फरक हुने कुनै पाँचओटा शब्द टिपी तिनको शुद्ध उच्चारण गर्नुहोस् ।
६. उदाहरणमा दिए जस्तै जोडी अनुप्रासयुक्त शब्द पाठबाट खोजेर लेख्नुहोस् :
उदाहरणः चन्दन - नन्दन
सौरभ – गौरव
भरी – छरी
मस्तक – उद्यत
चलुँला – बलुँला
खनुँला – बनुँला
७. दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
जसका भावना हाँस्छन् मनमा रागिनी भरीजसका जिन्दगी बाँच्छन रातमा चाँदनी छरी।
प्रश्नहरू
(अ) यस कवितांशका चार पाउ छुट्याएर लेख्नुहोस्।
→ जसका भावना हाँस्छन्
मनमा रागिनी भरी
जसका जिन्दगी बाँच्छन्
रातमा चाँदनी छरी।
(आ) कवितांशका चारै पाउको पाँचौं ह्रस्व वर्ण रेखाङ्कन गर्नुहोस्।
→ जसका भावना हाँस्छन्
मनमा रागिनी भरी
जसका जिन्दगी बाँच्छन्
रातमा चाँदनी छरी।
(इ) कवितांशका चारै पाउको छैटौं दीर्घ वर्ण रेखाङ्कन गर्नुहोस्।
→ जसका भावना हाँस्छन्
मनमा रागिनी भरी
जसका जिन्दगी बाँच्छन्
रातमा चाँदनी छरी।
(ई) कवितांशका चारै पाउका सातौं वर्ण क्रमशः लेख्नुहोस् ।
→ जसका भावना हाँस्छन् = हाँ
मनमा रागिनी भरी = भ
जसका जिन्दगी बाँच्छन् = बाँ
रातमा चाँदनी छरी। = छ
८. दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
जुटेका ज्ञानले जो छन् पार्दै धर्ती मनोहरउठेका कर्मले जो छन् गर्दै निर्माण सुन्दर।
समर्पित भएका छन् जो सदा न्यायखातिर
संसारमा उठेका छन् तिनैका विजयी शिर।
प्रश्नहरू
(क) धर्तीलाई केले मनोहर बनाएको छ?
→ ज्ञान र अनुभवले धर्तीलाई मनोहर बनाएको छ।
(ख) कर्म गर्नेको जिन्दगी कस्तो बन्छ?
→ कर्म गर्नेको जिन्दगी सुन्दर बन्छ।
(ग) कवितांशमा कस्ता मानिसको शिर उचो हुन्छ भनिएको छ?
→ अन्यायका विरूद्ध लड्ने र न्यायका पक्षमा समर्पित हुने मानिसको शिर उचो हुन्छ भनिएको छ।
(घ) कवितांशबाट के सन्देश पाइन्छ?
→ अनुभव, ज्ञान र कर्मले धर्तीलाई सुन्दर बनाउन सकिन्छ। समाजमा अन्यायका विरूद्ध लड्ने र न्यायका निम्ति समर्पित हुने मानिस नै विजयी हुने र तिनैको शिर विश्वमा उच्च हुने हुँदा सामाजिक न्याय र समानताका लागि काम गर्नुपर्दछ।
अतः यस कवितांशले हामीलाई ज्ञान प्राप्त गर्न, मेहनत गर्न, न्यायमा अडिग रहन, र असल कार्यमा समर्पित रहिरहने सन्देश दिएको छ, किनकि यिनै चीजहरूले जीवनमा साँचो सफलता दिलाउँछन्।
९. दिइएका प्रश्नको उत्तर लेख्नुहोस्
(क) 'उज्यालो यात्रा' कविताको सुरुका दुईओटा श्लोकको आशय वर्णन गर्नुहोस् ।→ कर्ममा अथाह शक्ति, ताकत, बल र क्षमता हुन्छ। त्यसैले कर्मयोगीले जङ्गललाई पनि स्वर्गको बगैँचा जस्तो बनाउन सक्छ। लगनशीलता र निरन्तरता भयो भने कुनै पनि कामले पनि सार्थकता पाउन सक्छ। त्यसको अर्थपूर्ण महिमा रहन्छ।
राम्रो काम थालनीको पहिलो शर्त भनेको सङ्कल्प अर्थात दृढ प्रतिबद्धता हो। कुनै पनि गन्तव्यमा पुग्न अठोट गर्नुपर्छ। जसले कुनै पनि काम सङ्कल्प लिएर दृढ प्रतिबद्धता एवम् लगनशीलताका साथ गर्छ, ऊ नै महान् व्यक्ति कहलाउँछ। त्यस्तो व्यक्ति नै समाज र राष्ट्रको आदर्श बन्न सक्छ। यही नै उज्यालो यात्रा कविताका सुरुका दुईओटा श्लोकको आशय हो।
(ख जीवन सार्थक पार्न के के गर्नुपर्छ?
→ जीवनलाई सार्थक बनाउन समयको सदुपयोग र आचरणको परिवर्तन आवश्यक छ। समय अमूल्य सम्पत्ति हो, र यसलाई जथाभावी खेर नफाली योजनाबद्ध तरिकाले उपयोग गर्नुपर्छ। आफ्ना आनीबानी, व्यवहार, र आचरणमा सकारात्मक परिवर्तन ल्याउँदै असल गन्तव्यमा पुग्न सकेमा जीवन अर्थपूर्ण बन्न सक्छ। साथै, व्यक्तिगत स्वार्थभन्दा माथि उठेर परोपकारका लागि आफ्नो समय, स्रोत, र ऊर्जा समर्पण गर्नु जीवनलाई थप महत्त्वपूर्ण बनाउने मार्ग हो। परोपकारका असल कर्मले मात्र आत्मसन्तुष्टि प्राप्त हुन्छ।
यसका साथै, अन्यायका विरुद्ध दृढता पूर्वक उभिनु र न्याय, समानता तथा मानव अधिकारका पक्षमा काम गर्न सकेमा समाज सुधार र व्यक्तित्व विकास दुवै सम्भव छ। न्यायपूर्ण समाज निर्माण नै जीवनलाई गहनता प्रदान गर्ने आधार हो। समाज र राष्ट्रलाई सभ्य, शिष्ट र उन्नत बनाउने प्रयत्न गर्नु सबैको दायित्व हो। व्यक्तिगत स्तरबाट सुरु भएको सानो प्रयासले नै ठूलो परिवर्तन ल्याउन सक्छ।
त्यसै गरी, आफ्नो कर्म र प्रयासलाई यस्तो दिशामा केन्द्रित गर्नुपर्छ, जसले व्यक्ति, परिवार, समुदाय र राष्ट्रको शिर उँचो बनाओस्। समाजलाई योगदान दिने प्रेरणादायी व्यक्तित्व बन्नु नै जीवनको वास्तविक सार्थकता हो। यी सबै पक्षलाई आत्मसात् गरेर अगाडि बढ्न सकेमा मात्र हाम्रो जीवन अर्थपूर्ण र उदाहरणीय बन्न सक्छ भन्ने कुरा कविले यस कविता मार्फत बताएका छन्।
(ग) कवितामा कविले कस्तो आदर्श जीवन यात्राको कल्पना गरेका छन्?
→ कविले प्रस्तुत कवितामा एक उज्यालो, आदर्श जीवन यात्राको मार्गचित्र प्रस्तुत गरेका छन्। यस यात्रामा मानिसले एउटा स्पष्ट लक्ष्य लिएर अविचलित रूपमा अघि बढ्नुपर्ने कुरामा जोड दिइएको छ। आफ्नो कर्मप्रति समर्पित रहँदै मनबाट ईर्ष्या, द्वेष जस्ता नकारात्मक भावनालाई त्याग्नुपर्छ। उदारता, सद्भावना जस्ता सकारात्मक गुणहरूको विकास गर्दै मानिसले आदर्श जीवनको गन्तव्य प्राप्त गर्न सक्छ।
कविले 'मै खाउँ, मै लाउँ' जस्तो सङ्कुचित सोचाइ त्याग्न आह्वान गरेका छन्। मानव जातिको समग्र उन्नति, प्रगति र समृद्धीका लागि समर्पित हुनुपर्छ भन्ने भावनालाई कविले बल दिएका छन्। राष्ट्रियता, सार्वभौमिकता, स्वाधिनता र राष्ट्रिय गौरव जस्ता उच्च आदर्शहरूलाई आत्मसात गर्दै मानिसले आफ्नो जीवनलाई आदर्श बनाउन सक्छ। कविले 'कसरी सर्वोच्च कवि बनुँला?', 'कसरी गन्तव्यमा पुग्न सकुँला?', 'कसरी चन्द्रसूर्य जस्तो चम्किलो बन्न सकुँला?' जस्ता प्रश्नहरू उठाउँदै आदर्श जीवन यात्राको गन्तव्यलाई स्पष्ट पारेका छन्।
यसरी, कविले आफ्नो कवितामार्फत एक उज्यालो भविष्यको सपना देखाउँदै मानिसलाई सकारात्मक सोचाइका साथ आफ्नो कर्ममा लाग्न प्रेरित गरेका छन्। उनले बताएअनुसार, यदि मानिसले आफ्नो जीवनलाई एक लक्ष्यअनुसार अघि बढाउन सक्यो भने ऊ निश्चित रूपमा सफल र सन्तुष्ट जीवन जिउन सक्छ।
(घ) 'उज्यालो यात्रा' कविताको मूल भाव के हो?
→ माथीका प्रश्न (क), (ख) र (ग) को उत्तरलाई मिलाएर प्रस्तुत गर्नुहोला।
१०. कविताको दोस्रो श्लोकलाई व्याकरणिक पदक्रम मिलाई गद्यमा रूपान्तरण गर्नुहोस्।
→ उच्च सङ्कल्प भएमा असम्भव केही छैन।सब मान्छेहरू सङ्कल्पैले महान् बनेका हुन्।
११. भाव विस्तार गर्नुहोस् :
(क) ईष्याद्वेष हटाएर जो छर्छन् प्रेम सौरभतिनै मान्छेहरू बन्छन् विश्वका निम्ति गौरव ।
→ प्रस्तुत हरफहरू कक्षा १० को नेपाली पुस्तकको “उज्यालो यात्रा” नामक कविताबाट लिइएका हुन् । “उज्यालो यात्रा” कविताका रचनाकार कवि रामप्रसाद ज्ञवाली हुन् जसले यी हरफहरूमा अनुशासन, आचरण र नैतिकता सम्बन्धी भाव व्यक्त गरेका छन्।
कविका अनुसार मानिसको चरित्र निर्माणको मूल माध्यम प्रेम, स्नेह र सद्भाव हो। मानिसले हरेक मानिसलाई प्रेम र सद्भाव प्रकट गर्न सके संसार शिष्ट र मर्यादित बन्छ। समाजमा मर्यादाको अवसानको कारण मानिसको मनभित्र लुकेर रहेका ईष्या, द्वेष, अहङ्कार, कपट जस्ता भावनाहरू हुन्। ईर्ष्या, द्वेष, अहङ्कार र कपट भित्र रुमल्लिएको जिन्दगी सुखी र समृद्ध हुन सक्दैन। त्यस्ता मान्छेले आफ्नो पतन आफैँ निम्त्याउँछन्। यसका विपरीत जो प्रेम र सद्भाव छर्छन्, परोपकार र समाजको हितमा लाग्छन्, त्यस्ता मान्छे विश्वका आदर्श चरित्र बन्न सक्छन्। तिनै व्यक्तिहरू विश्वका निम्ति गौरव बन्छन्।
यसरी प्रस्तुत कवितांशले मानिसलाई आफूभित्र गढेर रहेको ईर्ष्या, द्वेष, अहङ्कार जस्ता भावनालाई हटाएर सम्पूर्ण प्राणीप्रति प्रेम राख्नुपर्छ जसले मानव जीवन गौरवान्वित हुन पुग्छ भन्ने सन्देश दिएको छ।
(ख) उदात्त कर्मको यात्रा गर्दछन् जो सधैं सधैं
आदर्श नमुना मान्छे बन्दछन् विश्वमा तिनै।
→ प्रस्तुत हरफहरू कक्षा १० को नेपाली पुस्तकको “उज्यालो यात्रा” नामक कविताबाट लिइएका हुन्। “उज्यालो यात्रा” कविताका रचनाकार कवि रामप्रसाद ज्ञवाली हुन् जसले यी हरफहरूमा कर्मयोगी व्यक्ति नै संसारको आदर्श हुन्छन् भन्ने भाव व्यक्त गरेका छन्।
कविका अनुसार मानिसले सँधै असल कर्मको बाटोमा हिड्नुपर्छ। असल कर्मको बाटो नै सत्यको बाटो हो, प्रेम र करूणाको बाटो हो। गलत कर्म गरे साधारण जीवनयापन गर्न पनि असम्भव हुन्छ। असल नियतले गरिने काम नै कर्म हो। पुर्खाहरूले गरेको राम्रो कर्मकै कारणले अहिले हामीले यो सुन्दर धर्तीमा छहारी पाएका छौँ। स्वार्थ त्यागेर अरुको सेवा भावमा समर्पित भई संसारकै कल्याण र भलाईका लागि कर्म गर्नुपर्छ जसले आजको निम्ति व्यक्ति महान् र भोलीको पीढिका निम्ति ऊ प्रेरणाको पात्र बन्दछ। महान् कर्म नै सम्भावनाका उदाहरणहरू हुन सक्छन्, जसले व्यक्तिहरूलाई व्यक्तिगत विकास, सकारात्मक परिवर्तन र सुन्दर संसारको निर्माणका लागि प्रयास गर्न प्रेरित गर्दछ। यी व्यक्तिहरू समाजका मूल्य र आकांक्षाहरूलाई आकार दिन सक्ने प्रेरणादायी व्यक्तित्वहरू बन्न सक्छन्।
यसरी प्रस्तुत कवितांशले मानिसलाई कर्मयोगी बनेर सबैलाई असल मार्गमा पथप्रदर्शन गर्न आह्वान गरेको छ।
१२. कर्मशील बन्न कसरी सकिन्छ, 'उज्यालो यात्रा' कविताका आधारमा लेख्नुहोस्।
→ प्रगतिवादी कवि रामप्रसाद ज्ञवालीद्वारा लिखित उज्यालो यात्रा एउटा नीति प्रधान कविता हो। कर्मयोगको साधना र व्यावहारिक प्रयोगले मानिसको जीवनलाई कर्मशील बनाउन सकिन्छ। कर्मशील मान्छेले मात्र जीवनलाई सार्थक बनाउन सक्छ भन्ने तथ्य कविले खुलस्त पारेका छन् ।कर्मशील बन्न निरन्तर साधना गर्नुपर्छ। श्रममा अथाह तागत छ, कर्ममा अपार शक्ति छ। त्यही शक्ति, सामर्थ्य र क्षमतालाई जुटाउन र उपयोग गर्न सक्ने कर्मशील योद्धाले जङ्गललाई पनि स्वर्गको नन्दन बगैंचा जस्तो बनाउन सक्छ। दाउरोलाई घोटेर चन्दन पनि बनाउन सक्छ। कर्मशील बन्न दृढ इच्छाशक्ति, अठोट वा सङ्कल्प पनि उत्तिकै आवश्यक छ। आफ्नो गन्तव्य पहिल्याएर उच्च सङ्कल्प लिने मान्छेहरू नै कर्मशील हुन्। त्यस्ता कर्मशील मान्छेका लागि संसारमा असम्भव भन्ने केही छैन। कर्मशील मान्छे नै आदर्श बन्छ र संसारलाई सही मार्ग देखाउन सक्छ। कर्मशील बन्न लोभलालच र व्यक्तिगत स्वार्थलाई त्याग्नुपर्छ। मनमा ईर्ष्या, द्वेष र कपटका भावनालाई तिलाञ्जली दिनुपर्छ। बहुजन हिताय, बहुजन सुखायका निम्ति काम गर्नेहरू कर्मशील बन्न सक्छन्। आफ्ना ज्ञान र अनुभव जुटाएर धर्तीलाई मनोहर बनाउने मान्छे नै कर्मशील बन्न सक्छ । कर्मयोगीहरूले जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी भन्ने कुराको गरिमा बुझ्छन् र आफ्ना पौरखले मातृभूमिलाई सुन्दर बनाउन सक्छन्। न्यायका खातिर उठ्ने मान्छेहरू कर्मयोगी हुन्छन्। कर्मशील योद्धाहरूको अथक कर्मबाट नै समाजमा न्याय र समानताका पक्षमा, सामाजिक कल्याण र मानवताका पक्षमा लड्नेहरू नै संसारमा विजयी भएका छन्। कर्मशील मानिस उदार हुनुपर्छ। सङ्कीर्णताले विभेद बढाउँछ। उदात्त र विशाल हृदय भएका महान् कर्मयोगीहरूले मानव जीवनको मार्ग प्रशस्त गरेका छन्। व्यक्तिगत स्वार्थबाट माथि उठ्ने, लोभलालच र इर्ष्याको भावना त्याग्ने मान्छे नै वास्तविक आदर्श मान्छे हुन्। त्यस्तै मान्छे कर्मयोगी बन्छन्। त्यस्तै कर्मयोगीबाटै राष्ट्र र जनताको शिर उचो हुन्छ। समाजबाट रोग, भोक र शोक हटेर जान्छ । समाज सभ्य र समुन्नत बन्छ । यसका लागि मानवजाति क्रियाशील बन्नुपर्छ।
यसरी मानव सेवा, राष्ट्रहित, सामाजिक समानता र न्यायका पक्षमा कार्य गर्ने मान्छे नै कर्मशील बन्न सक्छ । यस तथ्यलाई कविले सरल र मिठो भाषाशैलीमा पाठकसमक्ष प्रस्तुत गरेका छन् ।
१३. कविले कविताको अन्तिम श्लोकमा आफू कस्तो बन्ने अनुमान गरेका छन्, लेख्नुहोस् ।
→ कविले कविताको अन्तिम श्लोकलाई आफू लक्षित बनाएका छन्। कर्मयोगको साधनाले मान्छेलाई महान् बनाउने हुँदा कविले आफू महान् कर्मयोगी बन्ने सपना पालेका छन्। कविलाई आफ्नै खुट्टामा उभिन मन छ। आफ्नै पौरखमा बाँच्ने भावना जागेको छ। त्यसैले उनी आफ्नै पौरखले जीवनको मार्ग प्रशस्त गरी आदर्श व्यक्तित्व निर्माण गर्न चाहन्छन्। साहित्य समाजको ऐना हो, उन्नति र प्रगतिको परिचायक एवम् प्रतिविम्ब हो। त्यसैले जीवनलाई डोहोऱ्याउने, समाजलाई पथ प्रदर्शन गर्ने महान् साहित्यिक कृतिको रचना गर्ने उनको चाहना छ। कवि जीवन र जगतलाई आलोकित पार्ने सर्वोच्च कविता बन्न चाहन्छन्। महान् साहित्यिक रचना बन्न चाहन्छन्। यसरी कविमा उच्च साहित्यको विम्ब बन्ने धोको रहेको अभिव्यक्ति कविताको अन्तिम श्लोकमा पाइन्छ।१४. दिइएका विषयमा साथीविच छलफल गरी निष्कर्ष प्रस्तुत गर्नुहोस् :
(क) परिश्रमको फल मिठो हुन्छ ।→ देहायका बुँदाहरूलाई आधार बनाएर निष्कर्ष आफैँ लेख्नुहोला :
- परिश्रमले आत्मविश्वास बढाउँछ। परिश्रम गरेपछि प्राप्त हुने सफलता व्यक्ति स्वयंको क्षमताको प्रमाण हो। यसले आत्मविश्वास र खुसी प्रदान गर्छ।
- परिश्रमले सिकाइ र अनुभव प्रदान गर्छ, जसले आगामी भविष्यको दिर्घकालिन सफलतामा मद्दत पुर्याउँछ।
- भाग्य सहायक हुन सक्छ, तर निरन्तर परिश्रमले भाग्यलाई पनि बदल्न सक्छ।
- परिश्रमी व्यक्तिको सफलता देखेर अन्यलाई पनि प्रोत्साहन र प्रेरणा मिल्छ, जसले समाजको समग्र विकास हुन्छ।
- परिश्रमबाट प्राप्त सफलता वास्तविक, टिकाउ र मिठो हुन्छ।
- जसरी किसानले बाली लगाएर कठिन परिश्रमबाट राम्रो अन्न उत्पादन गर्छ, त्यसैगरी हरेक क्षेत्रमा परिश्रम गरिसकेपछि मात्रै सफलता मिल्छ।
- तसर्थ, परिश्रमको कुनै विकल्प छैन, र यसले सधैँ सकारात्मक फल दिन्छ।
(ख) मानवीय सेवाको भावना राख्नु पवित्र कर्म हो।
→ देहायका बुँदाहरूलाई आधार बनाएर निष्कर्ष आफैँ लेख्नुहोला :
- मानव समाजमा बस्ने सबै व्यक्ति एक-अर्काप्रति उत्तरदायी छन्। सेवाभावले मानिसलाई एकताबद्ध बनाउन सहयोग पुर्याउँछ।
- अरूलाई सहयोग गर्दा प्राप्त हुने मानसिक शान्ति र खुसी अन्य कुनै कार्यबाट प्राप्त हुँदैन। यसले व्यक्ति आफैंलाई सन्तुष्टि र जीवनमा अर्थ प्रदान गर्छ।
- सेवाभावलाई धर्म, नैतिकता, र पवित्र कर्मको रूपमा व्याख्या गरिन्छ। धार्मिक ग्रन्थहरूमा पनि मानवीय सेवालाई ठूलो सम्मान दिइएको छ।
- विपद्, अभाव वा दुःखका बेला अरूलाई सहयोग गर्ने भावले नै समाजलाई समृद्ध र शान्त बनाउँछ।
- भगवान् श्रीकृष्णले भगवद्गीतामा सेवा, दया, र परोपकारलाई मानव धर्मको रूपमा व्याख्या गरेका छन्। धर्मको अर्थ धारण गर्न योग्य भन्ने हुन्छ। धर्म नै पवित्र हुन्छ। त्यसकारण मानवीय सेवा पनि पबित्र कार्य हो।
- वेद र उपनिषद्मा पनि “वसुधैव कुटुम्बकम्” अर्थात् सम्पूर्ण पृथ्वी नै एउटा परिवार जस्तो हो भन्ने भनाइ उल्लेख गरिएको छ, जसले मानवीय सेवालाई पवित्र कर्मको संज्ञा दिँदै प्रोत्साहित गरेको छ।
- मानवीय सेवाभाव राख्नु हरेक व्यक्तिको नैतिक जिम्मेवारी हो। यसले व्यक्तिगत जीवनलाई अर्थपूर्ण मात्र बनाउँदैन, समाजलाई पनि सुदृढ र शान्त बनाउँछ। सेवाभावले समाजमा प्रेम, सहकार्य र सहयोगको भावना बलियो बनाउँछ, जसले यो कर्मलाई साँचो अर्थमा पवित्र बनाउँछ।
१५. दिइएका अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
गुरुकुल भनेको गुरुको सान्निध्यमा विद्यार्थीले आवासीय रूपमा शिक्षा ग्रहण गर्ने स्थान हो। प्राचीन कालमा शिक्षकलाई आचार्यका रूपमा लिइन्थ्यो र त्यहाँ पढ्ने विद्यार्थीलाई उनको परिवार समान मानिन्थ्यो। त्यसैले त मातापिता र आचार्यलाई अति उच्चकोटिमा राखी, मातृदेवो भव, पितृदेवो भव र आचार्य देवो भव भनिन्छ।गुरुकुलमा अहिलेको शिक्षा प्रणाली जस्तो निश्चित समयमा विद्यालय आएर पढ्ने समय तालिका हुँदैनथ्यो। गुरुकुलमा सबै शिष्य एउटै उमेरका हुँदैनथे तर उनीहरूको सिकाइ एउटै समूहमा हुन्थ्यो । गुरुले शिष्यको उमेरअनुसार शिक्षा दिने व्यवस्था थियो । ठुला शिष्यबाट सानाले सिक्ने परिपाटी पनि गुरुकुलमा हुन्थ्यो। गुरु र शिष्य प्रायः संगसंगै हुने भएकाले गुरुले अह्राएका वेलामा काममा जानुपर्ने हुन सक्थ्यो । जुनसुकै वेलामा पनि औपचारिक कक्षा सुरु हुन सक्थ्यो। सामान्यतया गुरुकुलका छात्र विहान सबेरै उठ्ने र अध्ययनका साथसाथै काममा पनि सक्रिय हुने गर्थे । गुरुकुलमा सैद्धान्तिक अध्ययनभन्दा व्यावहारिक अध्ययनलाई बढी महत्त्व दिने गरिन्थ्यो । यो शिक्षा प्रणालीमा औपचारिक परीक्षा हुँदैनथ्यो। हरेक समय नीति, व्यवहार र उसको व्यावसायिक कौशलको परीक्षा भइरहन्थ्यो। यसरी प्राचीन कालमा दीक्षान्तको समयमा केही कठिन परीक्षा लिने गरिन्थ्यो । त्यस्ता कठिन परीक्षा विभिन्न खालका हुन्थे। परीक्षाका क्रममा गोप्य रूपले गुरुले शिष्यलाई नियालिरहेका हुन्थे । शिष्यले छिचोल्न नसक्ने खालको विघ्न पन्यो भने गुरु अगि सर्वे। त्यो परीक्षा पूरा गर्न सकेमा शिष्य दीक्षित हुन्थे ।
(क) प्रश्नहरू
(अ) गुरुकुल भनेको के हो?
→ गुरुकुल भनेको गुरुको सान्निध्यमा विद्यार्थीले आवासीय रूपमा शिक्षा ग्रहण गर्ने स्थान हो।
(आ) गुरुकुलमा कस्तो शिक्षालाई प्राथमिकता दिइन्थ्यो ?
→ गुरुकुलमा सैद्धान्तिक अध्ययनभन्दा व्यावहारिक अध्ययनलाई बढी प्राथमिकता दिने गरिन्थ्यो ।
(इ) गुरुकुलमा किन जुनसुकै समयमा पनि औपचारिक कक्षा सुरु हुन्थ्यो ?
→ गुरु र शिष्य प्राय जतिसुकै बेला पनि सँगसँगै हुने भएकोले गुरुकुलमा जुनसुकै समयमा पनि औपचारिक कक्षा सुरू हुन्थ्यो।
(ई) गुरुकुलमा शिष्य कसरी दीक्षित हुन्थे ?
→ गुरुकुलमा हरेक समय नीति, व्यवहार र शिष्यको व्यवहारिक कौशलको परीक्षा भइरहन्थ्यो। दीक्षान्तको समयमा केही कठिन परीक्षा पनि लिइन्थ्यो। त्यस्ता परीक्षा उत्तीर्ण गर्ने शिष्यहरू दीक्षित हुन्थे।
(ख) भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस्
(अ) पहिलो अनुच्छेदको पहिलो वाक्यबाट एक-एकओटा नाम, विशेषण र क्रियापद लेख्नुहोस् ।
→ नाम – विद्यार्थी
विशेषण – आवासीय
क्रियापद - हो
(आ) 'पढ्' धातुबाट एक-एकओटा नाम र क्रियायोगी शब्द निर्माण गर्नुहोस् ।
→ नाम – पढाइ, पढ्नु
क्रियायोगी – पढेर, पढी, पढ्दा, पढ्न
(इ) अनुच्छेदबाट सुरु, विच र अन्तिममा हस्व इकार प्रयोग भएका दुई-दुईओटा शब्द टिपोट गर्नुहोस् ।
→ सुरूमा ह्रस्व इकार भएका शब्द – शिक्षा, शिक्षक, सिकाइ, सिष्य
बिचमा ह्रस्व इकार भएका शब्द – सान्निध्य, परिवार, सक्रिय, दीक्षित
अन्त्यमा ह्रस्व इकार भएका शब्द – अति, कोटि, नीति, अगि
क्रेता: नमस्ते हजुर, पो काउलीको दाम कति हो ?
विक्रेता: नमस्ते, हेर्नुस् न । हिजोदेखि दाम बढेर आएको छ। आज काउली किलोको १०० रुपिया छ ।
क्रेता: ए! मलाई एक किलो काउली दिनुहोस् न ।
विक्रेता: (काउली जोख्दै) अँ अरू के के लिनुहुन्छ?
क्रेता: आधा किलो गोलभेंडा पनि दिनुहोस् न ।
विक्रेता: हुन्छ हजुर। (गोलभेंडा जोख्दै) ल लिनुस् हजुर ।
क्रेता: नयाँ र ताजा कुनै तरकारी आयो भने मलाई खवर गर्नु ल ।
विक्रेता: हस् हजुर । म भनिहाल्छु नि। हजुर जस्ता ग्राहक भएर त मेरी गुजारा चलेको छ ।
क्रेता: तपाईले आफ्नो पेसा गर्नुभएको छ, यसरी स्वरोजगारी गर्ने मान्छे मलाई मन पर्छ ।
विक्रेता: हस् हजुर । सबै व्यवसायीलाई हौसला दिने हजुर जस्ता व्यक्ति हुने हो भने त हामीलाई पनि काम गर्न प्रेरणा मिल्छ।
क्रेता: ल त, अहिले म गएँ, फेरि भेटेर गफ गरौंला ।
विक्रेता: हवस्, हजुरसँग कुराकानी गर्न पाउँदा खुसी लाग्छ। आउँदै गर्नुहोला ।
(क्रेता सामान लिएर बाटो लाग्छन् ।)
माथिको अनुच्छेदमा जस्तै तपाईं पनि कक्षाका साथीसँग मिलेर एक जना पसले र अन्य दुई जना ग्राहक बनेर विनयशीलतापूर्वक कुराकानी पालैपाली कक्षामा प्रस्तुत गर्नुहोस्।
→ घामको झुल्काका कारणले चुली बिहान रातो बन्छ।
(ख) ऊर्जा बल केले बढ्छ ?
→ कोइलीको मधुर आवाजले ऊर्जा बल बढ्छ।
(ग) उम्दा कलाकार केलाई भनिएको हो?
→ हात्ती, बाघ, बँदेल लगायतका वन्य जनावरहरूलाई उम्दा कलाकार भनिएको हो।
(घ) अलङ्कारको माला कसरी बन्छ?
→ जाति, भाषा, सँस्कृति आदि एकबद्ध भएर अलङ्कारको माला बन्छ।
→ शब्द पदवर्ग
असल विशेषण
उनी सर्वनाम
पढ्दै छन् क्रियापद
सधैँ क्रियाविशेषण
पूर्वक नामयोगी
सबेरै क्रियायोगी
आफू सर्वनाम
दिएको विशेषण
पदवर्गको टोलमा एउटा बैठक बसेको छ। उक्त बैठकको मुख्य विषयवस्तु 'पदवर्ग विचलन एक विमर्श' रहेको छ। उक्त बैठकमा नाम, सर्वनाम, विशेषण, क्रिया, क्रियायोगी, नामयोगी, विस्मयादिबोधक, संयोजक र निपातलाई निम्त्याइएको छ। आफ्नो वर्गका शब्द अर्को वर्गमा प्रवेश गरे भनेर विशेषणले उजुरी गरेको रहेछ। 'गरिब', 'धनी', 'नेपाली' दुखी', 'सुखी' जस्ता विशेषणका पद घरी नामको वर्गमा प्रवेश गर्ने र घरी विशेषणका पद नै भन्ने गरेर हैरान पारे भनेर विशेषणले उजुरी गरेको रहेछ। पदवर्गले सबै उजुरी हेरेछन् ।
'गरिब', 'धनी', 'नेपाली', 'दुखी, 'सुखी' जस्ता विशेषण शब्दले बयान दिँदै भनेछन्, "हामी वाक्यमा प्रयोग हुँदा हामीलाई कहिलेकाहीं नामको काम गर्नुपर्ने भयो। हाम्रा अगाडि नाम राखिएको अवस्थामा भने हामी त्यस नामको विशेषता बताउँछौं र विशेषण बन्छौं। हाम्रा अगाडि नाम नभएमा हामीले नामको काम गर्नुपर्ने रहेछ।" सर्वनामले पनि भनेछ, "हो यो समस्या हामीलाई पनि छ, जस्तै 'त्यो गयो। त्यो केटो आयो। यहाँ पहिलो वाक्यमा 'त्यो' सर्वनाम र दोस्रो वाक्यमा 'त्यो' विशेषण भएर दुवै रूपमा प्रयोग हुनुपरेको छ । हामी नामका सट्टामा आउने हो तर नाम हामीसँगै आयो भने हामीले नामको विशेषता बताउनै पर्ने र विशेषण बन्नै पर्ने हुन्छ।" त्यस्तै समस्या क्रियायोगी र नामयोगीमा पनि रहेछ। माथि, तल, वारि, पारि जस्ता क्रियायोगी नामसँग जोडिएर आउँदा नामयोगी हुँदा रहेछन् । त्यस्तै 'र' लाई चाहिँ कहिले निपात त कहिले संयोजक बन्नुपर्ने बाध्यता रहेछ ।
'लौ, मैले आजको बैठकको चुरो कुरा बुझे' भन्दै नामले जुरुक्क उठेर भनेछ, "आफू जुन वर्गको भए पनि वाक्यमा प्रयोग हुँदा सन्दर्भअनुसार अर्को वर्गमा जान सकिन्छ। त्यस्तो अवस्था पदवर्ग विचलन हो भनेर बुझ है, साथी हो।" विशेषणले पनि चित्त बुझाएछ, सर्वनाम, नामयोगी अरू सबैले ताली बजाएछन् ।
→ शब्द पदवर्ग
गरिब विशेषण
गरिब नाम
धनी विशेषण
सम्पन्न विशेषण
धनी नाम
सम्पन्न नाम
तल नामयोगी
तल क्रियायोगी
विपन्न विशेषण
विपन्न नाम
→ वाक्यमा प्रयोग गर्दाः
- ईर्ष्या : नेपाल र चीनबिचको सम्बन्धलाई लिएर भारतले जहिल्यै ईर्ष्या गर्छ।
- हटाएर : रानीपोखरीमा रहेको लेउ हटाएर पोखरीलाई थप सुन्दर बनाउने कार्यक्रम महानगरले थालेको छ ।
- जो : नेपालको राजनीतिमा जो आए पनि देश विकास र समृद्धीको छाँटकाँट देखिँदैन।
- छर्छन् : हरेक बर्ष बाला चतुर्दशीका दिन देशभरका शिवालयहरूमा मानिसहरूले शतबीज छर्छन्।
- तिनै : हामी तिनै कथाहरू मन पराउँछौँ जसले हाम्रो हृदय छुन्छन्।
- निम्ति : हामी तिनै कथाहरू मन पराउँछौँ, जो हाम्रो निम्ति उपयोगी हुन्छन्।
.......................। र : निपात → के म तिम्रो साथी होइन र?
(ख) .......................। भित्र : नामयोगी → कक्षाभित्र टेबल-कुर्सीहरू छन्।
.......................। भित्र : क्रियायोगी→ म खाना खान भित्र जान्छु।
(ग) .......................। तर : क्रिया → तिमि होसियार भएर खोला तर।
.......................। तर : सयोजक → गोदाममा मल छ तर किसानले मल पाएनन्।
.......................। तर : नाम → बिरालोले दूधको तर खायो।
(घ) .......................। यो : सर्वनाम → यो कालो वस्तु के हो?
.......................। यो : विशेषण → यो कविताको रचनाकार रामप्रसाद ज्ञवाली हुन्।
(ङ) .......................। वृद्ध : नाम → हामीले वृद्धलाई सम्मान गर्नुपर्छ।
.......................। वृद्ध : विशेषण → हामीले वृद्ध मानिसलाई सम्मान गर्नुपर्छ।
→ शब्दको सुरुमा ह्रस्व इकार प्रयोग भएका शब्द: निरन्तर, मिहिनेत, विद्यार्थी, चिकित्सक, इन्जिनियर, शिक्षक
→ शब्दको बीचमा ह्रस्व इकार प्रयोग भएका शब्द: घोटिएर, भनिन्छ, गरियो, पढियो, सजिलो, भविष्य, साहित्यकार
→ शब्दको अन्तिममा ह्रस्व इकार प्रयोग भएका शब्द: आदि, भोलि, प्राप्ति
विद्यार्थी जीवन हो भविष्यको आधार,
शिक्षाको ज्योतिले नै बनाउँछ संसार ।
मेहेनत गरेर आफ्नो सपना समेट,
ऊर्जा भरेर लक्ष्यमा पाइला टेक ।
गुरुका कुरा हामी ध्यानले सुन्छौँ,
ज्ञानको बाटो र अनुशासन चुन्छौँ
लगनशील भइ कर्तव्यपथमा लाग्छौँ
आलस्य र भयबाट टाढाटाढा भाग्छौँ।
→ गुरुकुल भनेको गुरुको सान्निध्यमा विद्यार्थीले आवासीय रूपमा शिक्षा ग्रहण गर्ने स्थान हो।
(आ) गुरुकुलमा कस्तो शिक्षालाई प्राथमिकता दिइन्थ्यो ?
→ गुरुकुलमा सैद्धान्तिक अध्ययनभन्दा व्यावहारिक अध्ययनलाई बढी प्राथमिकता दिने गरिन्थ्यो ।
(इ) गुरुकुलमा किन जुनसुकै समयमा पनि औपचारिक कक्षा सुरु हुन्थ्यो ?
→ गुरु र शिष्य प्राय जतिसुकै बेला पनि सँगसँगै हुने भएकोले गुरुकुलमा जुनसुकै समयमा पनि औपचारिक कक्षा सुरू हुन्थ्यो।
(ई) गुरुकुलमा शिष्य कसरी दीक्षित हुन्थे ?
→ गुरुकुलमा हरेक समय नीति, व्यवहार र शिष्यको व्यवहारिक कौशलको परीक्षा भइरहन्थ्यो। दीक्षान्तको समयमा केही कठिन परीक्षा पनि लिइन्थ्यो। त्यस्ता परीक्षा उत्तीर्ण गर्ने शिष्यहरू दीक्षित हुन्थे।
(ख) भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस्
(अ) पहिलो अनुच्छेदको पहिलो वाक्यबाट एक-एकओटा नाम, विशेषण र क्रियापद लेख्नुहोस् ।
→ नाम – विद्यार्थी
विशेषण – आवासीय
क्रियापद - हो
(आ) 'पढ्' धातुबाट एक-एकओटा नाम र क्रियायोगी शब्द निर्माण गर्नुहोस् ।
→ नाम – पढाइ, पढ्नु
क्रियायोगी – पढेर, पढी, पढ्दा, पढ्न
(इ) अनुच्छेदबाट सुरु, विच र अन्तिममा हस्व इकार प्रयोग भएका दुई-दुईओटा शब्द टिपोट गर्नुहोस् ।
→ सुरूमा ह्रस्व इकार भएका शब्द – शिक्षा, शिक्षक, सिकाइ, सिष्य
बिचमा ह्रस्व इकार भएका शब्द – सान्निध्य, परिवार, सक्रिय, दीक्षित
अन्त्यमा ह्रस्व इकार भएका शब्द – अति, कोटि, नीति, अगि
१६. दिइएको सन्दर्भ पढ्नुहोस् र तोकिएको कार्य गर्नुहोस् :
(ठेलामा तरकारी विक्रेता र क्रेताबीच यस्तो कुराकानी हुँदै छ।)क्रेता: नमस्ते हजुर, पो काउलीको दाम कति हो ?
विक्रेता: नमस्ते, हेर्नुस् न । हिजोदेखि दाम बढेर आएको छ। आज काउली किलोको १०० रुपिया छ ।
क्रेता: ए! मलाई एक किलो काउली दिनुहोस् न ।
विक्रेता: (काउली जोख्दै) अँ अरू के के लिनुहुन्छ?
क्रेता: आधा किलो गोलभेंडा पनि दिनुहोस् न ।
विक्रेता: हुन्छ हजुर। (गोलभेंडा जोख्दै) ल लिनुस् हजुर ।
क्रेता: नयाँ र ताजा कुनै तरकारी आयो भने मलाई खवर गर्नु ल ।
विक्रेता: हस् हजुर । म भनिहाल्छु नि। हजुर जस्ता ग्राहक भएर त मेरी गुजारा चलेको छ ।
क्रेता: तपाईले आफ्नो पेसा गर्नुभएको छ, यसरी स्वरोजगारी गर्ने मान्छे मलाई मन पर्छ ।
विक्रेता: हस् हजुर । सबै व्यवसायीलाई हौसला दिने हजुर जस्ता व्यक्ति हुने हो भने त हामीलाई पनि काम गर्न प्रेरणा मिल्छ।
क्रेता: ल त, अहिले म गएँ, फेरि भेटेर गफ गरौंला ।
विक्रेता: हवस्, हजुरसँग कुराकानी गर्न पाउँदा खुसी लाग्छ। आउँदै गर्नुहोला ।
(क्रेता सामान लिएर बाटो लाग्छन् ।)
माथिको अनुच्छेदमा जस्तै तपाईं पनि कक्षाका साथीसँग मिलेर एक जना पसले र अन्य दुई जना ग्राहक बनेर विनयशीलतापूर्वक कुराकानी पालैपाली कक्षामा प्रस्तुत गर्नुहोस्।
सुनाइ र बोलाई
१. सुनाइ पाठ १ सुन्नुहोस् र दिइएका प्रश्नको उत्तर भन्नुहोस् :
(क) चुली बिहान रातो बन्नुको कारण के हो ?→ घामको झुल्काका कारणले चुली बिहान रातो बन्छ।
(ख) ऊर्जा बल केले बढ्छ ?
→ कोइलीको मधुर आवाजले ऊर्जा बल बढ्छ।
(ग) उम्दा कलाकार केलाई भनिएको हो?
→ हात्ती, बाघ, बँदेल लगायतका वन्य जनावरहरूलाई उम्दा कलाकार भनिएको हो।
(घ) अलङ्कारको माला कसरी बन्छ?
→ जाति, भाषा, सँस्कृति आदि एकबद्ध भएर अलङ्कारको माला बन्छ।
२. सुनाइ पाठ १ का आधारमा नेपालको सुन्दरताको वर्णन गर्नुहोस्।
→ नेपाल प्राकृतिक छटाले भरिपूर्ण देश हो। हिमालका चुचुरामा घामको पहिलो किरण पर्दा तिनीहरू उज्यालिँदै चम्किन्छन्। झरनाहरूबाट संगीतसरहको तालमा पानी खस्छ। कोइलीको मधुर आवाजले जंगललाई संगीतमय बनाउँछ। बिहान भालेले बासेर बिहानको सुरुआत घोषणा गर्छ। जंगलमा हात्ती, बाघ, र बँदेलले कला देखाउने कलाकारझैं वातावरणमा जीवन्तता ल्याउँछन्। खेत र फाँटहरूमा लहलहाउँदा बालीहरूले प्रकृतिलाई शोभा दिन्छन्। यहाँको भाषा, जाति, धर्म र संस्कृतिको विविधताले एकताको सन्देश दिँदै समाजलाई सिंगार्ने गहना बनेका छन्।भाषिक संरचना र वर्णविन्यास
१. दिइएको अनुच्छेदबाट रेखाङ्कित शब्दको पदवर्ग पहिचान गरी छलफल गर्नुहोस्:
फुर्वा असल विद्यार्थी हुन्। उनी सोलुखुम्बु जिल्लाको जनजागृति माविमा १० कक्षामा पढ्दै छन् । उनी सधैं विद्यालय जान्छन्। उनी मिहिनेतपूर्वक पढ्छन् । उनी बिहान सबेरै उठ्छन् र आफूले पढ्नुपर्ने पाठ नियमित रूपमा पढ्छन् । कक्षामा गुरुले दिएको कक्षाकार्य सधैं गर्छन् ।→ शब्द पदवर्ग
असल विशेषण
उनी सर्वनाम
पढ्दै छन् क्रियापद
सधैँ क्रियाविशेषण
पूर्वक नामयोगी
सबेरै क्रियायोगी
आफू सर्वनाम
दिएको विशेषण
२. दिइएको सन्दर्भ पढ्नुहोस् र पदवर्ग विचलनबारे साथीसँग छलफल गर्नुहोस्:
पदवर्ग विचलनसम्बन्धी बैठकपदवर्गको टोलमा एउटा बैठक बसेको छ। उक्त बैठकको मुख्य विषयवस्तु 'पदवर्ग विचलन एक विमर्श' रहेको छ। उक्त बैठकमा नाम, सर्वनाम, विशेषण, क्रिया, क्रियायोगी, नामयोगी, विस्मयादिबोधक, संयोजक र निपातलाई निम्त्याइएको छ। आफ्नो वर्गका शब्द अर्को वर्गमा प्रवेश गरे भनेर विशेषणले उजुरी गरेको रहेछ। 'गरिब', 'धनी', 'नेपाली' दुखी', 'सुखी' जस्ता विशेषणका पद घरी नामको वर्गमा प्रवेश गर्ने र घरी विशेषणका पद नै भन्ने गरेर हैरान पारे भनेर विशेषणले उजुरी गरेको रहेछ। पदवर्गले सबै उजुरी हेरेछन् ।
'गरिब', 'धनी', 'नेपाली', 'दुखी, 'सुखी' जस्ता विशेषण शब्दले बयान दिँदै भनेछन्, "हामी वाक्यमा प्रयोग हुँदा हामीलाई कहिलेकाहीं नामको काम गर्नुपर्ने भयो। हाम्रा अगाडि नाम राखिएको अवस्थामा भने हामी त्यस नामको विशेषता बताउँछौं र विशेषण बन्छौं। हाम्रा अगाडि नाम नभएमा हामीले नामको काम गर्नुपर्ने रहेछ।" सर्वनामले पनि भनेछ, "हो यो समस्या हामीलाई पनि छ, जस्तै 'त्यो गयो। त्यो केटो आयो। यहाँ पहिलो वाक्यमा 'त्यो' सर्वनाम र दोस्रो वाक्यमा 'त्यो' विशेषण भएर दुवै रूपमा प्रयोग हुनुपरेको छ । हामी नामका सट्टामा आउने हो तर नाम हामीसँगै आयो भने हामीले नामको विशेषता बताउनै पर्ने र विशेषण बन्नै पर्ने हुन्छ।" त्यस्तै समस्या क्रियायोगी र नामयोगीमा पनि रहेछ। माथि, तल, वारि, पारि जस्ता क्रियायोगी नामसँग जोडिएर आउँदा नामयोगी हुँदा रहेछन् । त्यस्तै 'र' लाई चाहिँ कहिले निपात त कहिले संयोजक बन्नुपर्ने बाध्यता रहेछ ।
'लौ, मैले आजको बैठकको चुरो कुरा बुझे' भन्दै नामले जुरुक्क उठेर भनेछ, "आफू जुन वर्गको भए पनि वाक्यमा प्रयोग हुँदा सन्दर्भअनुसार अर्को वर्गमा जान सकिन्छ। त्यस्तो अवस्था पदवर्ग विचलन हो भनेर बुझ है, साथी हो।" विशेषणले पनि चित्त बुझाएछ, सर्वनाम, नामयोगी अरू सबैले ताली बजाएछन् ।
३. दिइएको अनुच्छेद पढी रेखाङ्कित पदको पदवर्ग छुट्याउनुहोस्:
गरिब वर्गको उत्थान नभई देश समृद्ध बन्दैन। गरिबलाई राज्यले विशेष ध्यान दिनुपर्छ । धनी व्यक्ति वा सम्पन्न व्यक्तिबाट कर लिनुपर्छ। साना व्यवसायी र सम्पन्नको व्यवसायको संरक्षण र त्यसका लागि उचित वातावरण पनि राज्यले तयार गर्नुपर्छ । गरिबीको रेखामुनि वा रेखातल अवस्थित समुदायलाई सधैं तल रहने वातावरण सिर्जना हुनुहुँदैन। यसो भयो भने यो देशका असङ्ख्य विपन्न व्यक्तिको उत्थान हुने छ किनकि विपन्नलाई सम्पन्न नबनाई देश कहिल्यै विकसित हुँदैन ।→ शब्द पदवर्ग
गरिब विशेषण
गरिब नाम
धनी विशेषण
सम्पन्न विशेषण
धनी नाम
सम्पन्न नाम
तल नामयोगी
तल क्रियायोगी
विपन्न विशेषण
विपन्न नाम
४. 'उज्यालो यात्रा' कविताको चौथो श्लोकबाट एक-एकओटा नाम, सर्वनाम, विशेषण, क्रिया, क्रियायोगी र नामयोगी वर्गका शब्द टिपोट गरी वाक्यमा प्रयोग गर्नुहोस् ।
→ ईर्ष्या – नाम, हटाएर – क्रियायोगी, जो – सर्वनाम, छर्छन् – क्रियापद, तिनै – विशेषण, निम्ति – नामयोगी→ वाक्यमा प्रयोग गर्दाः
- ईर्ष्या : नेपाल र चीनबिचको सम्बन्धलाई लिएर भारतले जहिल्यै ईर्ष्या गर्छ।
- हटाएर : रानीपोखरीमा रहेको लेउ हटाएर पोखरीलाई थप सुन्दर बनाउने कार्यक्रम महानगरले थालेको छ ।
- जो : नेपालको राजनीतिमा जो आए पनि देश विकास र समृद्धीको छाँटकाँट देखिँदैन।
- छर्छन् : हरेक बर्ष बाला चतुर्दशीका दिन देशभरका शिवालयहरूमा मानिसहरूले शतबीज छर्छन्।
- तिनै : हामी तिनै कथाहरू मन पराउँछौँ जसले हाम्रो हृदय छुन्छन्।
- निम्ति : हामी तिनै कथाहरू मन पराउँछौँ, जो हाम्रो निम्ति उपयोगी हुन्छन्।
५. कोष्ठकमा दिइएको सङ्केतअनुसार तलका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस्:
(क) .......................। र : संयोजक → म र तिमी बजार जानुपर्छ।.......................। र : निपात → के म तिम्रो साथी होइन र?
(ख) .......................। भित्र : नामयोगी → कक्षाभित्र टेबल-कुर्सीहरू छन्।
.......................। भित्र : क्रियायोगी→ म खाना खान भित्र जान्छु।
(ग) .......................। तर : क्रिया → तिमि होसियार भएर खोला तर।
.......................। तर : सयोजक → गोदाममा मल छ तर किसानले मल पाएनन्।
.......................। तर : नाम → बिरालोले दूधको तर खायो।
(घ) .......................। यो : सर्वनाम → यो कालो वस्तु के हो?
.......................। यो : विशेषण → यो कविताको रचनाकार रामप्रसाद ज्ञवाली हुन्।
(ङ) .......................। वृद्ध : नाम → हामीले वृद्धलाई सम्मान गर्नुपर्छ।
.......................। वृद्ध : विशेषण → हामीले वृद्ध मानिसलाई सम्मान गर्नुपर्छ।
६. पदवर्ग विचलन भएका कुनै तीनओटा शब्द पर्ने गरी छोटो अनुच्छेद लेख्नुहोस्।
→ मानिस पढेर विद्वान बन्छ। विद्वान मानिसले समाज बुझेको हुन्छ। उसले यो र त्यो भनेर विभेद गर्नु हुँदैन। यो मानिस धनी छ, त्यो मानिस गरिब छ भनेर पक्षपात गर्नु हुँदैन। आज युवाहरू बाहिर जान लागेका छन्। तिनीहरूलाई देशबाहिर जान नदिएर देशभित्रै रोजगारीको अवसर उपलब्ध गराउनुपर्छ।७. दिइएको अनुच्छेदबाट शब्दको सुरु, बीच र अन्तिममा ह्रस्व इकार प्रयोग भएका शब्द पहिचान गर्नुहोस् :
निरन्तर घोटिएर मात्र दाउरो चन्दन बन्छ भनिन्छ । मिहिनेत गरियो र पढियो भने मात्र आफूले चाहेको लक्ष्य प्राप्त गर्न सजिलो हुन्छ । विद्यार्थीले चालेको लक्ष्यअनुसार भविष्यमा चिकित्सक, इन्जिनियर, शिक्षक अथवा साहित्यकार आदि बन्न सक्छन् । आज कर्म गर्नेले भोलि फल प्राप्ति गरेरै छाड्छन् ।→ शब्दको सुरुमा ह्रस्व इकार प्रयोग भएका शब्द: निरन्तर, मिहिनेत, विद्यार्थी, चिकित्सक, इन्जिनियर, शिक्षक
→ शब्दको बीचमा ह्रस्व इकार प्रयोग भएका शब्द: घोटिएर, भनिन्छ, गरियो, पढियो, सजिलो, भविष्य, साहित्यकार
→ शब्दको अन्तिममा ह्रस्व इकार प्रयोग भएका शब्द: आदि, भोलि, प्राप्ति
८. शब्दको सुरु, बीच र अन्तिममा ह्रस्व इकार प्रयोग भएका १० ओटा शब्द पर्ने गरी आफूलाई मन पर्ने विषयमा एउटा अनुच्छेद तयार गर्नुहोस् ।
→ किसानको जीवन निकै कठिन हुन्छ। उनीहरूले खेतमा बिहानदेखि रातिसम्म निरन्तर मेहेनत गर्छन्। बिहान चिया र चिउरा खाएर काम गर्न जाने किसानहरूको गति वर्षैभरि एकनास हुन्छ। उहिले पनि किसानहरू आफ्ना कामका निम्ति समर्पित थिए र आज पनि उनीहरू निश्चल भावनाले आफ्नो दायित्व पुरा गर्छन्। किसानहरूलाई खेती गर्दा विभिन्न किसिमका किराहरूले हैरान पार्छन्। केहि किरा खेतीलाई उत्पादनशील बनाउन सहयोग पुर्याउने किसिमका पनि हुन्छन्। किसानहरूको हतियार भनेको हलो र कोदालो हो।सिर्जना र परियोजना कार्य
१. विद्यार्थी जीवन शीर्षकमा छोटो कविता लेख्नुहोस्।
→ विद्यार्थी जीवनविद्यार्थी जीवन हो भविष्यको आधार,
शिक्षाको ज्योतिले नै बनाउँछ संसार ।
मेहेनत गरेर आफ्नो सपना समेट,
ऊर्जा भरेर लक्ष्यमा पाइला टेक ।
गुरुका कुरा हामी ध्यानले सुन्छौँ,
ज्ञानको बाटो र अनुशासन चुन्छौँ
लगनशील भइ कर्तव्यपथमा लाग्छौँ
आलस्य र भयबाट टाढाटाढा भाग्छौँ।
२.पुस्तकालय वा अन्य स्रोतबाट कुनै एउटा प्रेरणा कविता खोजी लयबद्ध वाचन गरेर कक्षामा सुनाउनुहोस् ।
→ पञ्चचामर छन्दमा कवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित र सुनको बिहान नामक पुस्तकमा सङ्ग्रहित कविता “पाप लाग्छ” एउटा प्रेरणादायी कविता हो। (वाचन गर्ने तरिका सिक्न यहाँ क्लिक गरी भिडियो हेर्नुहोस्।)नटिप्नु हेर कोपिला !
नचुँड्नु पाप लाग्दछ ।
नच्यात्नु फूल नानि हो !
दया र धर्म भाग्दछ ।।
नछोप्नु है चरी बरी
सराप आँसु लाग्दछ ।
नमार्नु जन्तु है कुनै
बसेर काल जाग्दछ ।।
न घाउ चोट लाउनू
सडेर चित्त पाक्दछ ।
धूलो नफेक्नु नानि हो !
उडेर भित्र ढाक्दछ ।।
हिलो नखेल्नु फोहरी
खराब दाग लाग्दछ ।
न चित्त है दुखाउनु
डसेर आँसु बग्दछ ।।
बनेर फूल झैं सधैं
हँसाउनू सुवास दी ।
सधैं रमाउनू जगत्
रमेर नित्य आश दी ।।
जताततै छ ईश रे
छ सुन्नु त्यो विचार रे ।
छकाउने लुकाउने
नराख भाव क्यै गरे !
0comments
Post a Comment